भुल सुधार गरे पत्रकार महासंघ बाँकेका अध्यक्ष थारुले
नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले स्वास्थ्यकर्मी तेज वलीसंग माफी माग्नुभएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीसँग उहाँलाई पर्न गएको चोटप्रति सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष थारुले माफी माग्नुभएको हो ।
आज साँझ एक स्टाटस लेख्दै थारुले कोभिड सूचना सम्बन्धि ग्रुप च्याटमा आफूले प्रयोग गरेको शब्द फिर्ता लिँदै क्षमायाचना गर्नुभएको हो । उहाँले यसलाई परिस्थितिजन्य घटनाकारुपमा लिँदै व्यक्तिगत लाञ्छनाका रुपमा नलिइदिन अनुरोध समेत गर्नुभएको छ । अध्यक्ष थारुले एउटा घटना विशेषका आधारमा धारणा नबनाउन अनुरोध गर्नुभएको छ ।
स्टाटसमा उहाँले कोभिड नियन्त्रणमा आफ्नो ज्यानको प्रवाह नगरी काममा खटिने बाँकेका सबै स्वास्थ्यकर्मीप्रति आफू अध्यक्ष रहेको संस्था र व्यक्तिगतरुपमा आफ्नो आदरभाव रहँदै आएको उल्लेख गर्नुभएको छ । उहाँले लेख्नुभएको छ-“काठमाण्डौमा खोप लगाइसक्दा समेत मोफसलमा खोप लगाउन नदिएकोमा खिन्नता महसुस गरायो । त्यसपश्चात उत्पन्न परिस्थितिमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्ष एवं संस्थागतरुपमा अभिभावकीय जिम्मेवारी महसुस गर्दै मैले कोभिड बिरुद्धको खोपका लागि पहल गरेँ, जुन मेरो दायित्व र जिम्मेवारी भित्र पथ्र्यो ।
सोही पहल एवं आग्रहलाई मानेर जिल्ला खोप अनुगमन तथा समन्वय समितिले बाँकेका पत्रकारलाई खोप लगाउने निर्णय गरेको थियो । फ्रन्टलाइनमा खटिएका पत्रकारलाई खोप लगाउने निर्णयपछि हामीले सहकर्मीहरुलाई अपिल गरे लगत्तै उक्त निर्णय स्थगित भएको खबरले दुःखी बनायो ।” उहाँले समग्र नागरिकसहित बाँकेका संचारकर्मीलाई खोप लगाउने निर्णय कार्यान्वयन हुनुपर्ने माग पनि गर्नुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत हेल्थ असिस्टेन्ट वलीलाई व्यक्तिगत गालीगलौज गरिएको भन्दै नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बाँकेले अध्यक्ष थारुमाथि कारवाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम दिएको थियो ।
Thakur Shingh Tharu is with Tej Oli and 13 others.
1St5Spcoilncsoredh · पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्ष एवं संस्थागतरुपमा अभिभावकिय जिम्मेवारी महसुस गर्दै मैले कोभिड बिरुद्धको खोपका लागि पहल गरे, जुन मेरो दायित्व र जिम्मेवारी भित्र पथ्र्यो । सोही पहल एवं आग्रहलाई मानेर जिल्ला खोप अनुगमन तथा समन्वय समितिले बाँकेका पत्रकारलाई खोप लगाउने निर्णय गरेको थियो । फ्रन्टलाइनमा खटिएका पत्रकारलाई खोप लगाउने निर्णयपछि हामीले सहकर्मीहरुलाई अपील गरेलगत्तै उक्त निर्णय स्थगित भएको खवरले दुःखी बनायो । काठमाण्डौमा खोप लगाइसक्दा समेत मोफसलमा खोप लगाउन नदिएकोमा खिन्नता महसुस गरायो । त्यसपश्चात उत्पन्न परिस्थितीमा जिल्ला कोभिड नियन्त्रण सम्बन्धी फोकल पर्सन तेज ओलीप्रति ग्रुप च्याटमा मैले प्रयोग गरेको शब्द फिर्ता लिदै सरी भन्न चाहान्छु । यसलाई परिस्थितीजन्य घटनाका रुपमा लिदै व्यक्तिगत लान्छनाका रुपमा नलिदिनुहुन अनुरोध समेत गर्दछु । कोभिड नियन्त्रणमा आफ्नो ज्यानको प्रवाह नगरी काममा खटिने बाँकेका सबै स्वास्थ्यकर्मी प्रति म अध्यक्ष रहेको संस्था र व्यक्तिगतरुपमा आदरभाव रहँदै आएको छ र आगामी दिनमा समेत रहने छ । तर्सथ एउटा घटना विषेशका आधारमा धारणा नबनाउन अनुरोध समेत गर्दछु । अन्त्यमा फेरी पनि मैले प्रयोग गरेको शब्दले तेज ओलीलाई पर्न गएको चोटप्रति सरी भन्न चाहान्छु भने समग्र नागरिक सहित बाँकेका संचारकर्मीलाई खोप लगाउने निर्णय कार्यान्वयन हुनुपर्ने माग गर्दछु ।
65Javed Ahmad, Ajay Pathak and 63 others24 comments1 shareLikeCommentShare
Comments
View 15 more comments
- Dev Narayanजानी नजानी आबेगमा गल्ती कमजोरी सबैबाट हुन सक्छ।आफ्नो गल्ती स्वीकार गर्नु राम्रो कुरा हो।


