भोलि देश ब्यापी आन्दोलनको तयारीमा काङ्ग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले मंसिर २९ गते गर्न लागेको प्रदर्शनमा सहभागी हुन अपील गरेका छन्। सभापति देउवाले ७७ वटै जिल्लामा हुने प्रदर्शनमा भौतिक दुरी कायम राख्दै शान्तिपूर्ण तरिकाले सहभागी हुन विज्ञप्तीमार्फत अपील गरेका हुन्।

‘भोलि मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण छ। यसमा सक्रिय सहभागीताका लागि म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरु संगै सबै लोकतन्त्रवादीमा हार्दिक अपील गर्दछु’, सभापति देउवाले विज्ञप्तिमाम उल्लेख गरेका छन्।
प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आएको तर वर्तमान सरकाले त्यसलाई नै कमजोरीको रुपमा बुझेको बताउँदै उनले भने, ‘वर्तमान सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो। यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ। सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो।’
नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राखेका हुनाले नेपाली कांग्रेसले सडकदेखि संसदसम्म सरकारलाई दबाब दिन भोलिको सांकेतिक प्रदर्शन गर्न लागेको उनले बताएका छन्। अन्नपूर्ण पोस्ट बाट



