३२ असार २०८३, बिहीबार

महोत्तरीको जलेश्वरमा मुस्लिम आयोगद्वारा आयोजित सशक्तीकरण तथा क्षमता विकास कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

२४ माघ २०८१, बिहीबार २०:०४ मा प्रकाशित

महोत्तरी, जलेश्वर – मुस्लिम समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक सशक्तीकरण तथा क्षमता विकासका विषयमा केन्द्रित एक विशेष कार्यक्रम मुस्लिम आयोगद्वारा महोत्तरीको जलेश्वरमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मिया अन्सारीले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका प्रदेश प्रमुख रहनुभएको थियो।

उक्त कार्यक्रममा मुस्लिम आयोगका माननीय सदस्यज्यूहरू, पूर्व सांसद, पूर्व मन्त्री, प्रदेश सभा सदस्य, नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख (SP), मुस्लिम बुद्धिजीवी, युवा तथा मुस्लिम नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा माननीय Md Razi Haiderले मुस्लिम समुदायको मुद्दालाई प्रभावकारी रूपमा उठाउन आयोग चुकेको भन्दै सत्ता समक्ष प्रश्न गर्नुपर्ने र डराएर केही प्राप्त नहुने धारणा राख्नुभयो।

कार्यक्रमको विभिन्न अंशहरूको समावेशीकरण गर्दा केही महत्त्वपूर्ण कुराहरू छुट्न गएको स्वीकार्दै, यस विषयमा थप परिष्कृत रूपमा प्रस्तुति दिनुपर्ने आवश्यकतामा जोड दिइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x