१२ कार्तिक २०८३, बुधबार

माधव नेपालको पार्टी चिनियाँ पार्टीको भातृ संगठनका रुपमा किन सक्रिय ?

एसीपी संवाददाता

२२ कार्तिक २०७८, सोमबार ०१:१८ मा प्रकाशित

२२ गते कात्तिक २०७८ । नेकपा एकीकृत समाजवादी चिनियाँ कम्युनिस्ट पार्टीसँग जोडिएको छ । नेकपा एस दर्तापछि पहिलो पटक चिनियाँ कम्युनिस्ट पार्टीसँग अन्तरक्रिया गरेको हो ।

१९ कात्तिकमा भएको अनर्तक्रियामा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री छन चौले सहभागी रहेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको नेपालका कम्युनिस्ट पार्टीहरुसँग नजिकको सम्बन्ध छ । तत्कालिन नेकपाले चिनियाँ कम्युनिस्ट पार्टीसँग मिलेर संयुक्त प्रशिक्षण नै गरेको थियो ।

उसो त चिनियाँ कम्युनिस्ट पार्टीले नेपालमा आफ्नो दबदबा बढाउनका लागि अनेकौँ किसिमका रणनीति अपनाउने गरेको आरोप छ । कतिपयले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई यस किसिमले समेत तुलना गर्दै आलोचना सुरु गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x