१४ कार्तिक २०८३, शुक्रबार

राष्ट्रपति राष्ट्रको पति,अभिभावक हुनुको सट्टा कुनै एक दलमा मात्र सक्रिय

एसीपी संवाददाता

२३ मंसिर २०७७, मंगलवार १७:०४ मा प्रकाशित

राष्ट्रप्रमुख महामहिम राष्ट्रपतिको भूमिका विवादमा परेको छ । राष्ट्रपति राष्ट्रको पति,अभिभावक हुनुको सट्टा कुनै एक दलको आन्तरिक मामलामा सक्रिय भएकोले राष्ट्रपतिको महत्व र उचाई नै घटेको छ । सम्माननीय राष्ट्रपतिले नेकपाको आन्तरिक मामिलामा मात्र सक्रिय हुँदा वर्तमान राष्ट्रपति नेकपा पार्टीको केन्द्रीय सल्लाहकार हो की नेपाल र सारा नेपालीको राष्ट्रपति हो भन्ने आम मानिसमा जिज्ञासा पैदा गराएको छ । राष्ट्रपतिको गरिमामय पदको बेवास्था गरी दुरुपयोग गरिएको छ । सरकारले आफ्नो परराष्ट्र नीति र प्रोटोकलको उलङ्घन गरेको छ ।नेकपाको आन्तरिक मामिलामा चिनीयाँ राजदूतको प्रत्यक्ष हस्तक्षेप देखिएको छ ।

नेपालखबर बाट लेखक -भानु भट्टराई

राष्ट्रको विकास,समुन्नति ,स्थिरता,सुशासन र अग्रगमनको लागि सबै नेपालीहरुको माझमा एकता,इच्छाशक्ति,लक्ष्य,उद्देश्य,परिकल्पना,नीति,रणनीति र आम सहमतिको आवश्यकता पर्छ ।दलगत स्वार्थलाई त्यागी राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेमा मात्र नेपालको विकास र समृद्धिको सपना टाढा छैन् । हाम्रो मान्छे ,राम्रो मान्छे नभनेर राम्रो मान्छे नै हाम्रो मान्छे हुन्छ भनी सरकारका हरेक अङ्गमा नियुक्ति गरेमा राष्ट्रिय सम्वृद्धिको गोरेटो दर्विलो हुन सक्छ । सुन्दर नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन राष्ट्रिय सङ्कल्पको खाँचो भई सकेको छ । हामी नेपालीले नेपालको लागि नसोचे कहाँको लागि सोच्ने ? वर्तमानमा नसोचे कहिले सोच्ने ? आजै बाट प्रण गर्ने हो की ?

………………………………………………………………………………………………………………….
नेपाली जनताले अपेक्षा गरेको राष्ट्रिय स्थिरता र सुशासनमा यतिखेर ठुलो संकट सृजना भएको छ ।नेपाली जनताको सदियौ वर्ष पुरानो आशा,भरोसा र विश्वासमा कालो बादलको धब्बा मडारिएको छ ।
नेपालको राजनैतिक मञ्चमा आसिन राजनीतिक दलको क्रियाकलाप,गतिविधि र दक्षतामा प्रश्न चिन्ह खडा भएको छ ।नेपालका प्रमुख राजनैतिक पार्टीको गतिविधि देखेर नेपाली जनता मणि झिकिएको नाग जस्तै भएका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलन २००७ साल देखि २०६२ र ६३ को आन्दोलनसम्म साथ र समर्थन दिएका नेपाली जनता अहिले रणभुल्लमा परेका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलनबाट बनेका हरेक सरकारमा प्रत्यक्ष वा परोक्ष रुपमा सहभागि कम्युनिस्ट पार्टीको प्रष्ट बहुमतको वर्तमान सरकारको असली रूप देखिएको छ । नेपाली जनतालाई मिठा र जोसिला भाषणले आकर्षित गर्ने नेपालका कम्युनिष्ट पार्टीको बास्तविक रूप र व्यवहार छर्लङ्ग हुदै गएको छ ।आफूलाई सर्वहारा,मजदुर र किसानको प्रतीकको रुपमा लिने नेपाली कम्युनिस्ट पार्टीको राजनैतिक खिचातानीले नेपालको प्रजातान्त्रिक आन्दोलनको उपलब्धि नै धरापमा परेको छ ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले कोरोना महामारीलाई नियन्त्रण गर्न र नेपाली जनतालाई स्वास्थ्य उपचारको सुनिश्चितता दिनुको सट्टा यस महामारीलाई भ्रष्टाचार गर्ने सुनौलो अवसरको रूपमा लिएको छ । नेकपाले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गरिएका प्रतिबद्धता केवल भाषणमा मात्र सिमित राखेको छ ।२०७२ सालको संविधानको मर्म र भावनामा गंभीर चोट लागेको छ ।नेपालको संविधानले निर्देशित स्थानीय तह,संघीय सरकार र केन्द्र सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । विश्व रंगमञ्चमा नेपाल भ्रष्टाचारीको देश भनी परिचित र परिभाषित भएको छ ।सरकारका अङ्गहरु न्यायपालिका,कार्यपालिका र व्यवस्थापिका नै लर्बरिएको अवस्थामा छ ।सरकार प्रमुखको सरकार सञ्चालन गर्ने तौर तरिका र विश्वासमा गहिरो संकट पैदा भएको छ । राष्ट्रप्रमुख महामहिम राष्ट्रपतिको भूमिका विवादमा परेको छ । राष्ट्रपति राष्ट्रको पति,अभिभावक हुनुको सट्टा कुनै एक दलको आन्तरिक मामलामा सक्रिय भएकोले राष्ट्रपतिको महत्व र उचाई नै घटेको छ । सम्माननीय राष्ट्रपतिले नेकपाको आन्तरिक मामिलामा मात्र सक्रिय हुँदा वर्तमान राष्ट्रपति नेकपा पार्टीको केन्द्रीय सल्लाहकार हो की नेपाल र सारा नेपालीको राष्ट्रपति हो भन्ने आम मानिसमा जिज्ञासा पैदा गराएको छ । राष्ट्रपतिको गरिमामय पदको बेवास्था गरी दुरुपयोग गरिएको छ । सरकारले आफ्नो परराष्ट्र नीति र प्रोटोकलको उलङ्घन गरेको छ ।नेकपाको आन्तरिक मामिलामा चिनीयाँ राजदूतको प्रत्यक्ष हस्तक्षेप देखिएको छ ।

प्रधानमन्त्री केपी ओलीको सरकार जोगाउन र समर्थन जुटाउनमा सक्रिय भएकी छिन चिनीया राजदूत । यसले नेपालको असंलग्न परराष्ट्र नीतिको उलङ्घन भएको छ । कुनै एक देशको राजदूतलाई आफ्नो देशको मुख्य राजनैतिक दलले आफनो दलको विवाद, झगडा र सरकारको आन्तरिक मामिलामा प्रत्यक्ष चलखेल गर्न दिनुले राजनैतिक दलको विश्वसनीयता र सक्षमतामा नै प्रश्न चिन्ह खडा भएको छ ।
ठूलो बलिदानीबाट प्राप्त नेपालको राजनैतिक उपलब्धिको अपव्याख्या भएको छ ।नेपाली जनताका न्युनतम आवश्यकता स्वास्थ्य,शिक्षा,रोजगारको कुनै सुनिश्चितता हुन सकेको छैन् ।लाखौं लाख नेपाली युवा आफ्नो सुन्दर भविष्यको सपना कोर्न अझैपनि अरवी मरूभूमिमा रगतसँग श्रम साट्न विवस भएका छन् ।अरबी मरूभूमिमा कष्टकर श्रम गरी पठाएको रेमिट्यान्स खाएर नेपाली राजनैतिक दलका नेता किर्ना जस्तै उटुसमुटुस हुदै गएका छन् । चुनाबी समयमा नेपाललाई स्वीटजरल्याण्ड बनाइदिने र नेपाली जनतालाई यूरोप र अमेरिकाका जनता जस्तै सेवा सुविधा दिने बाचा र प्रतिबद्धता बालुवाको महल जस्तै भएको छ ।
वर्तमान सरकारले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त बिर्सिएको अनुभूति भएको छ ।दुई महान शक्ति राष्ट्रहरूको बीचमा रहेको नेपालले दुवै शक्तिराष्ट्रको विकास,उन्नति र प्रगतिलाई आत्मसाथ गरेर त्यसको उपलब्धिलाई नेपालको विकास,प्रगति र अग्रगमनको लागि मार्गदर्शन लिनु जरुरी हुन्छ ।प्राकृतिक सम्पदाले विभूषित हाम्रो देशमा असंभव भन्ने केही छैन् ।जलस्रोत,जडीबुटी,खनिज पदार्थ र पर्यटनको प्रचुर सम्भावना रहेको छ ।समस्या आफैं एकलै मात्र आउँदैन समाधान साथ साथै ल्याएको हुन्छ पहिचान गर्न या छुट्याउन सक्नुपर्छ ।सम्भावना नै सम्भावनाको देशमा मात्र असल राजनैतिक चरित्रको खाँचो रहेको छ ।
राष्ट्रको विकास,समुन्नति ,स्थिरता,सुशासन र अग्रगमनको लागि सबै नेपालीहरुको माझमा एकता,इच्छाशक्ति,लक्ष्य,उद्देश्य,परिकल्पना,नीति,रणनीति र आम सहमतिको आवश्यकता पर्छ ।दलगत स्वार्थलाई त्यागी राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेमा मात्र नेपालको विकास र समृद्धिको सपना टाढा छैन् । हाम्रो मान्छे ,राम्रो मान्छे नभनेर राम्रो मान्छे नै हाम्रो मान्छे हुन्छ भनी सरकारका हरेक अङ्गमा नियुक्ति गरेमा राष्ट्रिय सम्वृद्धिको गोरेटो दर्विलो हुन सक्छ । सुन्दर नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन राष्ट्रिय सङ्कल्पको खाँचो भई सकेको छ । हामी नेपालीले नेपालको लागि नसोचे कहाँको लागि सोच्ने ? वर्तमानमा नसोचे कहिले सोच्ने ? आजै बाट प्रण गर्ने हो की ? (लेखक , मञ्च सम्बद्ध संघीय लिम्बुवान पार्टीका नेता हुन् । )
लेखक-भानु भट्टराई/ नेेपालदमक बाट  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x