३२ असार २०८३, बिहीबार

रुपन्देहीमा ब्याज पीडित बिसयमा

एसीपी संवाददाता

१२ चैत्र २०८१, बुधबार २१:३८ मा प्रकाशित

रुपन्देही –  रुपन्देहीमा ब्याज पीडित बिसयमा आज एउटा् नयाँ समाचार प्राप्त भएको छ । पीडितको जग्गा खाने मन्सायले पीडकले दबाव दिएको पीडितले बताउँदै आज आफ्नो भनाइ राख्दै निवेदन दिदा पनि जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय , लगाएत संबंधित निकायको ध्यानाकर्षण भएको र कार्यवाही प्रक्रिया बढेको हो ।

मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालको रुपन्देही जिल्लाको संयोजक मा मीटर ब्याज बाट पीडित तुलसा गुरुङ को आर्थिक लेनदेन भएको २०७५ साल जसमा ४.५ कठ्ठा र ५ धुर घर सहित जग्गा मीटर ब्याजी साहु बुद्धि माया श्रीस थापा ले त्यो जग्गा राजीनामा पास गरी ६ महिना को सर्तनमा बनाई २१ लाख रुपैयाँ को कारोबार भएको जानकारी दिएका हुन ।
२१ लाख को कारोबार हुँदा पीडित तुलसा गुरुङ ले पीडक बुद्धि माया श्रीस थापा लाई १० लाख नगद बुझाई सक्नु भएको थियो भने पीडक बुद्धि माया श्रीस थापा ले ४.५ कठ्ठा बाट १० धुर अरु लाई बेचिसकेको पनि २०७५ साल मै पीडित तुलसा गुरुङ को भनाइ छ । मेरो ४ करोड को सम्पति हडप्न खोजेको छ पीडित तुलसा गुरुङ की भनाइ अनुसार पीडक बुद्धि माया श्रीस थापा लाई उहाँले सबै पैसा बुझाइ सक्दा पनि पीडक बुद्धि माया थापा ले गुण्डा लगाई गाली गलौच धक धम्की दी पीडित तुलसा गुरुङ को घरमा ताल्चा हानेको थियो र पीडित तुलसा गुरुङ ले न्याय माग्न जिल्ला प्रशासन कार्यालय रुपन्देही ,इलाका प्रहरी कार्यालय ,नगर पालिका ,वडा मा समेत जाँदा न्याय पाउनु भएको छ ।

पीडक बुद्धि माया थापा श्रीस राप्रपा बाट बुटवल उप महानरपालिका बाट उहाँ को दाई रूप सिंह थापा ले मेयर को चुनाव म चुनाव लड्नु भएको थियो भने हाल उहाँ राष्ट्रिय शक्ति नेपाल को केन्द्रीय सदस्य हुन् तिनी, दाई लाई प्रयोग गरी पीडक बुद्धि माया श्रीस थापा ले सधैं गुण्डा प्रयोग गरी सधैं मलाई मानसिक यातना दिने धक धम्की मर्दिन्छु कट्दिन्छु भन्ने र तिनको टर्चर र मानसिक यातना ले मा पीडित तुलसा गुरुङ को बुढा लाई प्रेसर बढेर प्यारालाइसिस भैसक्नु भएको छ ।
मलाई प्रशासन ,प्रहरी,पालिका,बाट कतै बाट न्याय ना पाएसी मा मीटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल रुपन्देही लाई सम्पर्कगरी मा आफ्नो घरको ताल्चा तोडेर बसेको हो ।

तर जिल्ला प्रशासन कार्यालय रुपन्देही को सिडीओ साहब ले त्यो ना छलफल गराउनु हुन्छ ना केही गर्नु हुन्छ उल्टै मा पीडित को घर मा सिडीओ साहब ले प्रहरी पठाएर मेरो घर खाली गराई राख्नु भएको सिडीओ साहब ले न्याय दिनु हुन्छ भनेर मा गुहार माग्न गए तर सिडीओ ले उल्टै मलाई तपाईं त्यो घरमा बस्न पाउनु हुन्न त्यो घर तपाईं को हैन त्यो घर बुद्धि माया श्रीस थापा को हो भनेर मलाई पठाई दिनु जुन कि अदालत मा मेरो मुद्दा चल्दै छ मुद्दा को टुंगो मा लागि सक्दा मा आफ्नो घरमा बस्न पाउने आशा पनि लागेको छ तर रुपन्देही जिल्ला को सिडीओ साहब ले मलाई घरबार विहिन बनाई दिनु राख्नु भएको एसपी लाई फोन गर्दा सर तपाई ले हो प्रहरी ले हामी हैनौ कोले हो सोद्धा हामी लाई सिडीओ ले आदेश दिनु भएको छ भनेर उमेश कोरी लाई प्रहरी ले जानकारी दिएको थियो ।

सिडीओ साहब सँग कुरा गर्दा सिडीओ ले हुन्छ तपाईं लाई बस्ने वातावरण बनाई दिन्छु भन्नु भएको थियो तर उसको भोलि पल्ट फेरि सिडीओ साहब कै निर्देशन मा प्रहरी लाई पठाई त्यो घरको समान हरु सबै प्रहरी लाई भनेर फाल्न लगाएर ४/५ जन गुण्डा प्रयोग गरी मलाई हाथ पात् समेत गरेको छन् भने मेरो घरमा ताल्चा समेत हान्न लगाउनु भयो ।

मीटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन ले दिएको न्याय ले मलाई मा मेरो घरमा बस्न भए भनेर महसुस भएको थियो तर सिडीओ साहब ले मलाई घरबार विहिन फेरि बनाउनु भयो अब हामी न्याय माग्न कहाँ जाने अब त मेरो आश विश्वास मरेको छ मेरो सम्पति मलाई फिर्ता हुँदैन भने मा आत्महत्या सम्मा गर्छु यसको जिम्मेदार खुद रुपन्देही जिल्ला को सिडीओ साहब हुन्छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x