१३ कार्तिक २०८३, बिहीबार
शनिबार पनि काठमााडौंमा प्रदर्शन
प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलन समूहले शनिबार पनि काठमााडौंमा प्रदर्शन गरेका छन् ।
शनिबार काठमाडौंको माइतिघरमा समूहले गरेको प्रदर्शनमा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितका अगुवाहरुको सहभागीता थियो ।
प्रदर्शनमा सहभागीहरुले ’संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गरौं’ लेखिएको प्लेकार्ड बोकेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि समूहले निरन्तर विरोधका कार्यक्रम गर्दै आएका छन् । ओलीको कदम प्रतिगमन भएको भन्दै नसच्चिएसम्म प्रदर्शनलाई जारी राख्ने प्रदर्शनका सहभागीहरुले बताएका छन् ।
Subscribe
Login
0 Comments


