सवारी दूर्घटना न्यूनीकरणका लागि , स्लो बाइक प्रतियोगिता २०७९ को तयारी पुरा
बढ्दो सवारी दूर्घटना न्यूनीकरणका लागि हुन गईरहेको तेस्रो स्लो बाइक प्रतियोगिता २०७९ को तयारी पुरा भएको छ ।
बास नेपालको आयोजनामा माघ २१ गते शनिवार नेपालगन्जको न्यूरोडमा प्रतियोगिताको आयोजना भईरहेकोछ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतना जगाउने, ट्राफिक नियमको पालना गरी सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता बिहान ७ बजे देखि नेपालगन्जको न्यूरोडमा हुनेछ । पछिल्लो समय युवा पुस्ताहरु तिब्र गतिमा सवारी चलाउदा दैनिक जसो दूर्घटनाको सिकार भईरहेको अवस्थामा आम नागरिकहरुलाई सुस्त गतिमा सवारी चलाउदा दूर्घटना जस्तो भयावह अवस्था बाट जोगिन सकिन्छ भन्ने कुराको सन्देस प्रवाह गर्ने प्रतियोगिताको उद्धेश्य रहेको छ ।

प्रतियोगितामा जो कोहीले पनि सहभागिता जगाउन सक्नेछ भने प्रतियोगितामा सहभागिता जनाउने प्रतियोगिसँग सवारी चालक लाईसेन्स र सवारीको ब्लुबुक साथमा हुनुपर्ने र मोटरसाईकल कन्डीसनमा हुनुपर्ने छ । सवारी साधनको कन्डीसन र सवारी कागजात टाफिक प्रहरीले चेकजाँच गरेर मात्रै प्रतियोगितामा सहभागिता जनाउन सक्ने छ । प्रतियोगिता अवधिमा ट्राफिक ब्यवस्थापनका लागि ट्राफिक प्रहरी कार्यालयको सहकार्य रहेको छ ।
प्रतियोगितामा निर्धारित एक् सय मिटरको दुरी सबै भन्दा बढी समय लगाएर पुरा गर्ने प्रतियोगि बिजयी घोषणा गरिनेछ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने प्रतियोगिलाई क्रमशः नगद १० हजार, ५ हजार, ४ हजार र २ हजार सहित प्रमाण पत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागिताका लागि आयोजकले आवेदन खुल्ला गरेको छ । बासका सुचना अधिकारी हेमराज भटटले जनाएका छ्न ।


