१ श्रावण २०८३, शुक्रबार

सिधनियाँ घाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टी

एसीपी संवाददाता

२२ भाद्र २०७७, सोमबार १५:४० मा प्रकाशित

कोरोना संक्रमण देखिएपछि मृत्यु भएका नेपालगञ्ज उपमहानरपालिकाका कर्मचारी युवराज बिक्रम घलेको सोमबार अन्त्येष्टी गरिएको छ । ५९ वर्षीय घलेको सोमबार बिहान बाँकेको राप्ती नदी सिधनियाँ घाटमा हिन्दु संस्कार अनुसार अन्त्येष्टी गरिएको हो ।

नेपाली सेनाको सलामीसहित घलेको अन्त्येष्टी गरिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । नेपालगन्ज वडा नं–९ का घलेको आइतबार साझ ८स् ३० बजे मृत्यु भएको थियो ।

भदौ १८ गते पौने ३ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका घलेमा मुटुको रक्त नलिमा समस्या रहेको थियो । उहाँको स्वास्थ्यमा सुधार नआएपछि समस्या बढ्दै गएर मृत्यु भएको अस्पतालले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x