अक्षय कुमारको फिल्म ‘बेलबटम’ले प्रदर्शनको चौथो दिन
काठमाडौँ — अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ले प्रदर्शनको चौथो दिनमा १२.६५ करोड भारु कमाएको छ । कोभिड महामारीपछि पहिलो पटक हलमा प्रदर्शनमा आएको फिल्मले आइतबार मात्रै ४.३० करोड रकम आम्दानी गरेको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
अगस्ट १९ मा प्रदर्शनमा आएको फिल्मले दोस्रो दिनमा मात्र ३ करोडको व्यापार गरेको थियो । रक्षाबन्धनका दिन भने फिल्मको आम्दानी ३३ प्रतिशतले बढेको बताइएको छ । बिहीबार फिल्मले २.७५ करोड र शुक्रबार २.७५ करोड कमाएको थियो । शनिबार भने फिल्मले ३.२५ करोड कलेक्सन गर्यो ।

महामारीबीच नै प्रदर्शनमा आएको ‘रुही’को कमाइलाई ‘बेलबटम’ले उछिनेको छ । जान्वी कपुर र राजकुमार राव अभिनित फिल्मको पहिलो हप्ताको व्यापार १२.५८ करोड थियो ।
मुम्बई र पुनेका कति हलहरु अझै खुल्न सकेका छैनन् । यी हलहरुले फिल्मको व्यापारमा असर पारेको छ । बक्स अफिस इन्डियाको रिपोर्ट अनुसार अक्षयको फिल्मले उत्तर प्रदेश र गुजरातमा अपेक्षित व्यापार गरेको छ ।


