१९ कार्तिक २०८३, बुधबार

नेपालगन्जमा मंसिर १४ देखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने धर्म, संस्कृति र आध्यात्मिक जागरण फैलाउने उद्देश्यले तिरुपति बालाजी धाममा आठदिने धार्मिक अनुष्ठान आयोजना गरिँदै

एसीपी संवाददाता

१९ कार्तिक २०८३, बुधबार २२:०३ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, कात्तिक १८ — बाँकेको नेपालगन्जमा आगामी मंसिर महिनामा धार्मिक तथा आध्यात्मिक महोत्सवका रूपमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ २०८३ आयोजना हुने भएको छ।

तिरुपति बालाजी धाम मूल समारोह समितिको आयोजनामा हुन लागेको उक्त महायज्ञ आगामी मंसिर १४ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ। नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदोस्थित निर्माणाधीन तिरुपति बालाजी धामको परिसरमा रहेको सभाहलमा महायज्ञ आयोजना गरिने आयोजकले जनाएको छ।

महायज्ञमा प्रख्यात कथा वाचक श्रद्धेय गुरु श्री श्रीनिवासाचार्य जी महाराजबाट लीलामय एवं सङ्गीतमय श्रीमद् भागवत कथा प्रवचन हुने कार्यक्रम तय गरिएको छ। आठ दिनसम्म सञ्चालन हुने यस धार्मिक अनुष्ठानमा भागवत कथामार्फत धर्म, संस्कृति, संस्कार र आध्यात्मिक चेतनाको सन्देश प्रवाह गरिनेछ।

धर्म, संस्कृति तथा आध्यात्मिक जागरणको प्रवर्द्धन गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन समितिका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिनुभयो।

अध्यक्ष सुवेदीका अनुसार निर्माणाधीन तिरुपति बालाजी धामको पवित्र परिसरमा आयोजना हुन लागेको महायज्ञले धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

महायज्ञमा नेपालगन्जसहित बाँके तथा आसपासका जिल्लाबाट ठूलो सङ्ख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहने आयोजकले विश्वास व्यक्त गरेको छ। आयोजक समितिले सम्पूर्ण धर्मप्रेमी तथा श्रद्धालु भक्तजनलाई महायज्ञमा सहभागी भई पुण्यलाभ लिन आग्रह गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x