२ आश्विन २०८३, शुक्रबार

अजय देवगनको पहिलो वेब सिरिज ‘रुद्र’ को ट्रेलर को यो सिरिज

एसीपी संवाददाता

१६ माघ २०७८, आईतवार १२:१८ मा प्रकाशित

इद्रिस एल्बा अर्को जेम्स बन्ड बन्ने खबर हेडलाइन बनिरहेको छ र अजय देवगनले पनि जासूसको रूपमा आफ्नो डिजिटल डेब्यूको काउन्टडाउन सुरु गरिसकेका छन्। ‘सारा सिस्टम ही जुम्लाँ पर चला रहा है’ जस्ता ठुलो संवादका साथ रिलिज भएको अजय देवगनको पहिलो वेब सिरिज ‘रुद्र’ को ट्रेलरले यो सिरिजको प्रतिक्षामा रहेका दर्शकलाई थप हताश बनाउने भएको छ । हिन्दी सिनेमाको सबैभन्दा चर्चित खाकी वर्दीधारी पात्र ‘सिंघम’ पछि अजय देवगन यसपटक बिना वर्दी प्रहरी अफिसर बन्न लागेका छन् । यो सिरिज ६ एपिसोडको मात्रै छ र हरेक एपिसोडमा रुद्र नयाँ अपराधीको खोजीमा देखिनेछन् । ईशा देओल, राशि खन्ना, अतुल कुलकर्णी र अश्विनी कालसेकर जस्ता कलाकारहरूले पनि श्रृंखलाको ट्रेलरमा ध्यान खिच्न सफल भए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x