१४ मंसिर २०८०, बिहीबार
अटो रिक्सालाई ट्रकले ठक्कर दिदा ७ जना घाईते

पुस १८

बाँके, कैलालीको गौरीगंगामा अटो रिक्सालाई ट्रकले ठक्कर दिदा ७ जना घाईते भएका छन् ।
गौरीगंगा नगरपालिका ९ शंकरपुर स्थित पश्चिम बाट पुर्व तर्फ आईरहेको से १ ह १५०५ नम्वरको अटोलाई बिपरीत दिशा बाट गईरहेको ना ६ ख ८०२६ नम्बरको ट्रकले ठक्कर दिदा घटना भएको हो ।
घाईते हुनेमा अटो चालक घोडाघोडी नगरपालिका ३ का मनिराम चौधरी, सोही ठाउँका रबिन चौधरी, अरुण चौधरी, मनिराम थारु, आशिष चौधरी, बिपिन चौधरी र गौरीगंगा नगरपालिका १० बस्ने सम्झना रहेका छन । उनीहरुको घोडाघोडी अस्पताल सुखडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Subscribe
Login
0 Comments