१४ मंसिर २०८३, आईतवार

अध्यक्ष चौधरीद्धारा सपथ ग्रहण

एसीपी संवाददाता

६ जेष्ठ २०७९, शुक्रबार १०:५९ मा प्रकाशित

डुडुवा (बाँके) ६ जेठ । स्थानीय तहमा नवनिर्वाचित अध्यक्षलाई सपथ
ग्रहण गराइएको छ । आज शक्रबार एक समारोहका विच बाँके डुडुवा
गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सपथ ग्रहण गर्नुभएको छ । बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस खडानन्द
तिवारीले अध्यक्ष चौधरीलाई सपथ ग्रहण गराउनु भएको हो ।
सपथ लिनुभएका चौधरीले अब गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष र
सदस्यहरुलाई सपथ गराउनु हुनेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को
दफा १०९ (१) बमोजिम सपथ ग्रहण गराइएको छ । सो ऐनको दफा १०९ ( २) अनुसार अध्यक्षले उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुलाई सात दिनभित्र
सपथ गराउनुपर्ने व्यवस्था रहेको छ । अध्यक्ष चौधरी डुडुवा गाउँपालिका
अध्यक्षमा पुन दोस्रो कार्यकालका लागि निर्वाचित हुनु भएको छ ।
त्यस अवसरमा खजरा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष डम्बर विकलाई
पनि मुख्य निर्वाचन अधिकृत तिवारीले सपथ गराउनु भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x