१३ मंसिर २०८३, शनिबार

भेरी नदीमा बेपत्ता नेपालगन्जका दुई युवाको खोजी तीव्र बनाउन उच्चस्तरीय पहल एआईजी सिद्धि विक्रम शाहद्वारा थप गोताखोर परिचालन गरी प्रभावकारी खोजी गर्न निर्देशन

एसीपी संवाददाता

१३ मंसिर २०८३, शनिबार १२:०८ मा प्रकाशित

नेपालगन्ज, मसिर ९ गते — सुर्खेतबाट फर्कने क्रममा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका नेपालगन्जका दुई युवाको खोजी कार्यलाई तीव्र र प्रभावकारी बनाउन उच्चस्तरीय पहल सुरु भएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ निवासी बुधेश जैसवालका छोरा हर्षित जैसवाल र राजु शाहका छोरा अमिर अली शाह गत मंसिर ७ गते सुर्खेतबाट फर्कने क्रममा भेरी नदीमा पौडी खेल्दा बेपत्ता भएका थिए। उनीहरू नदीमा डुबेर बेपत्ता भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि खोजी कार्यलाई तीव्र बनाउन चौतर्फी चासो र दबाब बढेको हो।

घटनाबारे जानकारी पाएलगत्तै श्रम संस्कृति पार्टीका बाँके जिल्ला उपाध्यक्ष मोहम्मद रहिस हलवाई र अस्लम अन्सारीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिद्धि विक्रम शाहलाई टेलिफोनमार्फत घटनाको जानकारी गराउँदै खोजी कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्नुभएको थियो।

उहाँहरूको आग्रहपछि एआईजी शाहले सम्बन्धित प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सँग समन्वय गरी थप गोताखोर परिचालन गर्न तथा बेपत्ता युवाहरूको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको जनाइएको छ।

यसैगरी, बेपत्ता युवाहरूको खोजी तथा उद्धारका लागि श्रम संस्कृति पार्टी कर्णाली प्रदेशका उपाध्यक्ष सूर्य केसी ‘बामु’ ले पनि सम्बन्धित सुरक्षा तथा प्रशासनिक निकायसँग आवश्यक समन्वय र सम्पर्क गर्नुभएको छ।

पीडित परिवारलाई साथ दिँदै खोजी तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन राना मगर, कश्मिरा खातुन, चाँद खाँ र मेराज हिमाललगायतका व्यक्तिहरू पनि सक्रिय रूपमा लागिरहनुभएको छ।हाल प्रहरी तथा गोताखोरको टोलीले भेरी नदी आसपासका विभिन्न क्षेत्रमा खोजी कार्य जारी राखेको जनाइएको छ।

बेपत्ता युवाहरूको सकुशल उद्धारको आशामा रहेका परिवारजनले खोजी कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै निकायसँग आग्रह गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x