अन्तर्राष्ट्रिय नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान
नेपालगन्ज १४ पुस,बाँके/ सोमबार बाँके इसाई समाजले सोमबार नेपालगन्जमा ख्रीष्ट्मस तथा अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सप्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणाले आफुले पनि स्कुल पढ्दा क्रीस्चियनद्वारा बालपन कार्यक्रमको स्मरण गर्दै इसाई धर्म प्रती आफ्नो उच्च सम्मान र लगाउ रहेको बताए । उनले सबै धर्मप्रती आफू भेदभाव नगरी सद्भाव कायम गर्दै आएको कुरा व्यक्त गरे । कार्यक्रममा बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु अब्दुल जब्बार मन्जुरी, इसाई समाजका केन्द्रिय अध्यक्ष जोसेफ बहादुर श्रेष्ठ,बौद्ध धर्मगुरु गुन्ज बहादुर लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का ५ नम्बर प्रदेश महासचिव गजेन्द्र गुरुङ र थर्ड एलाइन्सका उपसंयोजक आलम खानले शुभकामना व्यक्त गरेका थिए । बाँके इसाई समाजका अध्यक्ष पास्टर धन बहादुर पाण्डेको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य समाजका सल्लाहकार केबि बसेलले राखेका थिए ।
