अभिभावकको मन जित्दै 𝐄𝐯𝐞𝐫𝐞𝐬𝐭 𝐄𝐯𝐞𝐫𝐠𝐫𝐞𝐞𝐧 विद्यालय
अभिभावकको मन जित्दै 𝐄𝐯𝐞𝐫𝐞𝐬𝐭 𝐄𝐯𝐞𝐫𝐠𝐫𝐞𝐞𝐧 विद्यालय
शिक्षा मार्फत एकीकरण ” 𝐈𝐧𝐭𝐞𝐠𝐫𝐚𝐭𝐢𝐨𝐧 𝐓𝐡𝐫𝐨𝐮𝐠𝐡 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧 “भन्ने पवित्र नारा लिएर उल्टाखाममा उदायो Everest Evergreen ।भीमदत्त नगरपालिकाको – २ , उल्टाखाममा स्थित एभरेस्ट एभरग्रिन इंग्लिश स्कुलमा ३९४ विद्यार्थी छन् र १८ जना शिक्षक ।
एभरेष्ट एभरग्रिन इंग्लिश स्कुलले बिद्यार्थीहरुको चौतर्फी बिकास को लागि पढाईका साथ साथै प्रतेक शुक्रबार विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराई रहेको छ। विद्यालयबाट थप अतिरिक्त कृयाकलाप गराउन थालेपछि विद्यार्थी उत्साहित एवं अभिभावक समेत हर्षित भएका छन ।भौतिक सुविधामा विद्यालय अब्बल छ । भवन लोभलाग्दो देखिन्छ ।
२१ वटा कक्षाकोठा छन् । विज्ञान प्रयोगशाला छ, कम्प्युटर ल्याब छ, पुस्तकालय छ ।
शैक्षिक स्तरमा पनि विद्यालयको प्रगति आशालाग्दो छ । विगत ५ वर्षमा एसईईमा कसैले पनि २ भन्दा कम जीपीए ल्याएका छैनन् र ३.६५ देखि ४.०० जीपीए ल्याउने विद्यार्थीको संख्या पनि उल्लेख्य रूपमा बढेको छ ।
विद्यालयको सफलतामा प्रधानाध्यापक प्रेम वल्लभ भट्ट भन्छन्, ‘त्यस्तो नयाँ त केही गर्न सकिएको छैन । विद्यालयको सफलता विद्यालयकै ‘ब्याकग्राउण्ड’ले बोलेको छ । भन्नु हुन्छ, “मैले मात्रै यो विद्यालयलाई राम्रो बनाएको होइन । म सँगहुने सबै शिक्षक कर्मचारी तथा सबै अभिभावकहरूको पनि भूमिका रहेको रहेको छ । सबैले आ–आफ्नो जिम्मेवारी इमान्दारपूर्वक गर्ने गर्नुभएकै छ । नियमित बैठक, योजना निर्माण, छलफल, अभिभावकसँगको अन्तक्रिया गरिएको छ । प्रत्येक शुक्रवार अतिरिक्त क्रियाकलाप गराउँदै छौ जसले गर्दा विद्यार्थीहरुमा थप आन्तरिक सीप क्षमता विस्तार हुन्छ, ‘प्रिन्सिपल भट्टले भने ।
थप प्रगति हुँदै जाओस् । हाम्रो शुभकामना ।



