२९ माघ २०८२, बुधबार

अमेरिकीहरुकाे ७२ बर्ष अघिकाे याेजना , नेपाल मोहरा बन्दै

एसीपी संवाददाता

२८ कार्तिक २०८२, बिहीबार १०:२२ मा प्रकाशित

अमेरिकीहरुकाे ७२ बर्ष अघिकाे याेजना । अहिले टुप्पोमा आएर नेपालीहरु आतिएकाे देखिन्छ । बिगत २० साै बर्ष देखि यस्ता तथ्य पेश गर्दा पनि तिनै सुनतस्कर नक्कली कथित माओवादी बोक्ने चीन र चिनियाँ आवरणमा रहेका पश्चिमाहरु र नेपालको चिनियाँ दूतावास मौन मात्रै रहेन उसको सफ्ट पावर यिनै वास्तविक चीन बिरोधि हरुमै केन्द्रीत रहयो जसले आजको अवस्था निम्त्यायो ।

पुरानो लेख हो । त्यहीँ अनुसार बुझौ।।
सन् १९५० को शुरूमै नेपाली भूमिलाई जातीय युद्धमा परिणत गराउने योजना अमेरिकी गुप्तचर संस्था सीआईएका पूर्व अधिकारी ‘जोनकेनेथ न्याउस’ले आफ्नो पुस्तक “अर्फान्स अफ द कोल्ड वार मार्फत खुलासा गरेका छन् | न्याउस लेख्दछन्, ‘नेपाल तिब्बतसहित क्षेत्रमा युद्ध, लोभ व्यापारद्वारा मात्र पकड राख्न सम्भव छैन । यसका लागि स्थानीय जातिलाई र विभाजित गर्नुपर्दछ भन्ने आफैँले लेखेको काठमाडौं प्रतिवेदन सम्झन्छु । सन् १९९७ मा ७४ वर्षको उमेरमा काठमाडौं जाँदा जातीय संघर्ष विस्तार भएको छ । मैले के ठानें भने अब हाम्रा सीआईएका अधिकारीले नेपाललाई (आई.एल.ओ १६९) राष्ट्रसंघमा प्रवेश गराउन सके हिमालय पर्वतमालालाई हाम्रो मुख्यालयले तताउनेछ ।”

भारतको विषयमा उनी लेख्छन्, ‘यदि जातीय द्वन्दले भारतको राष्ट्रिय अस्तित्वलाई तत्काल खतरा नपुग्ने हो भने भारत सहमत देखिन्छ । किनकि दुई शताब्दीभन्दा बढी ब्रिटिस शासनको व्यापक प्रभाव छ । यो स्थितिमा तिब्बतलाई केन्द्र बनाएर चीनलाई कमजोर पार्ने रणनीतिमा भारतलाई अगाडि सार्न सकिन्छ । नेपाल, बर्मा, पाकिस्तान, बंगलादेश, भुटान र भारतसँग तिब्बतकै माध्यम चीनको सीमा जोडिएको छ । यदि तिब्बत चीनबाट छुट्ने हो भने भौगोलिक रूपमा चीनको उक्त देशहरूसँगको समन्वय टुट्ने छ । त्यतिबेला भारतले आफूलाई शक्तिशाली ठान्नेछ । यसरी भारतलाई चीनविरूद्ध उभ्याउन सहज हुन्छ ।

माओवाद-बाइबल सम्बन्ध ब्रिटिस इन्डियाको शीतल राजधानीको रूपमा प्रयोग भएको दार्जिलिङ क्रिश्चियन आधार क्षेत्र बन्यो । त्यहाँ हुर्किएको पश्चिमा स्वार्थले रंगिएको उग्रवामपन्थी दृष्टिकोणबाट प्रभावित निर्मल लामा नेपाली कम्युनिष्ट आन्दोलनमा नश्ल र भाषिक नाताले गाँसिन आइपुगे । उनैलाई केन्द्र बनाएर वाम विभाजन चौमको रूपमा हुन पुग्यो । त्यही श्रृङ्खलाको विकसित निरन्तरता चौम, माले, मशाल, एमाले, एकता केन्द्र र माओवादी हो । अहिलेको कथित नेपाली कम्युनिस्ट पार्टी त्यसैको बृद्धआश्रम भन्दा हुन्छ । सिआइए जासुस बारबरा एडम्स लाई नागरिकता दिने प्रचण्ड ,वामदेव सङ्गै भिम रावल पनि पुग्नु भएछ शुभकामना छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x