२२ फाल्गुन २०८२, शुक्रबार

अवरोधका कारण ससद बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित

एसीपी संवाददाता

२६ माघ २०७६, आईतवार ११:०२ मा प्रकाशित

माघ २६ गते एजेन्सी । सभामुख अग्‍नि सापकोटाले अदालतमा विचाराधिन मुद्दा संसद्‍बाट निरुपण हुन नसक्‍ने भन्दै सदनमा अवरोध नगर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई आग्रह गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा कांग्रेस सांसदले अवरोध जारी राखेपछि सभामुख सापकोटाले सदन अगाडि बढाएरमात्रै प्रभावकारी हुने बताए। ‘यो बैठक अगाडि बढाएरमात्रै प्रभावकारी हुन्छ। संविधानमा अदालतमा विचाराधीन मुद्दा संसद्‍बाट निरुपण हुन सक्दैन भन्ने स्पष्ट व्यवस्था छ’ उनले भने, ‘तपाईंहरुले उठाउनुभएको मुद्दा संवैधानिक आयोगले अगाडि बढाएको र अदालतमा विचाराधिन मुद्दामा संविधानले स्पष्ट भनेकोले मैले यहाँ बोल्न मिल्दैन। सदन छलफल गर्ने एकमात्र थलो हो।’
सापकोटालेअन्य सांसदले पनि बोल्न चाहिरहेको भन्दै आफूलाई सभामुख निर्वाचित हुँदा कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको शुभकामना स्मरण गर्ने पनि आग्रह गरे।
संसदीय दलका उपनेता विजय गच्छदारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमितता प्रकरणमा मुद्दा दायर गरेपछि कांग्रेसले निरन्तर सदन अवरुद्ध पार्दै आएको छ। सदनमा धारणा राख्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले अख्तियारले कानुन उपयोग विभेदपूर्ण ढंगले गरेकोमा आफूहरुको आपत्ति रहेको बताए। उनले भने, ‘कानुनको नजरमा सबै समान हुन्छन्। हाम्रो नेतालाई कारबाही भयो भन्‍नेमा आपत्ति होइन। विभेदपूर्ण व्यवहारमा आपत्ति हो।
कांग्रेसले बैठकको सुरुमै ढ्याप ढ्यापगरे पनि आज सभामुखले समय दिएन।कांग्रेसले अवरोध गर्न नछाडेपछि संसद् बैठक पर्सि (मंगलबार) दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x