१३ असार २०८३, शनिबार

आफन्त नेपालद्वारा कविता वाचन

एसीपी संवाददाता

१९ भाद्र २०७७, शुक्रबार १४:०७ मा प्रकाशित

कपिलवस्तु, भाद्र १९ – मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औ राष्ट्रिय दिवसको अवसरमा विगत लामो समयदेखि मानव बेचबिखन विरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको संस्था आफन्त नेपालले विभिन्न समयमा उद्धार गरी संरक्षणमा रहेका प्रभावित छोरीहरुको नेतृत्व बिकासका लागि कविता वाचन कार्यक्रम समापन गरेको छ। कार्यक्रममा आतिथ्यता तथा शुभकामना मन्तव्य दिनको लागि बिभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बागमती प्रदेशका माननीय सांसद श्री कल्पना नेपाली, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालबाट मानव बेचबिखन नियन्त्रण शाखाका प्रमुख गोमा पौडेल, मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एस.एस.पी डा.देब बहादुर बोहरा, राष्ट्रिय मानव अधिकार आयोगबाट यशोदा बन्जाडे, सुनिता फाउन्डेसनका अध्यक्ष सुनिता दनुवार, पि.पी आर नेपालका निर्देशक तथा अधिवक्ता सतिष कुमार शर्मा, आदर्श गृह चितवनका प्रमुख मिना खरेल, मन्जुश्री असहाय केन्द्रका प्रमुख मन्जु खाण, चेली नेपालका प्रिस्का पाण्डे लगायत विभिन्न संघ सस्थाका प्रमुख तथा नेपाल प्रहरीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्नुभएको थियो भने मानव बेचबिखन नियन्त्रणको परिकल्पना गर्दै गर्दा र छोरीको नेतृत्व देख्दा आफुलाई अत्यन्त खुसी र त्यो परिकल्पनाले साकार हुने दिशातिर अगाडि बढेको अनुभुति भएको आफन्त नेपालका संस्थापक रमेश सापकोटाले बताउनुभयो । कार्यक्रममा आफ्ना शुभकामना मन्तव्य राख्ने क्रममा आफन्त नेपालमा रहेका प्रभाबित छोरीहरुको कविता वाचन र उहाँहरुको नेतृत्व विकासलाई हेर्दा आफन्त नेपाललाई धन्यवाद सहितको शुभकामना दिनुभएको थियो । कार्यक्रममा विभिन्न जिल्लाहरुबाट २४ जना सहभागी हुनुभएको थियो । जसको जानकारी आफन्त नेपाल कपिलवस्तु प्रमुख केशर विश्वकर्मा ले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x