१२ कार्तिक २०८३, बुधबार

इन्सेक द्वारा संचालित मानव अधिकार समुह ले गा.पा को समन्वयमा स्वास्थ्य चौकी अनुगमन

एसीपी संवाददाता

८ असार २०७८, मंगलवार १०:२८ मा प्रकाशित

बाँके
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बाँके द्वारा संचालित गाउँपालिका स्तरीय मानव अधिकार समूहुले राप्ती सोनारी गाउँपालिका संग समन्वय गरी राप्ती सोनारी गाउँपालिका अन्तर्गत का सबै स्वास्थ्य चौकीहरुको अनुगमन सुरु गरेको छ । अनुगमन मा गाउँपालिका स्तरका सम्पुर्ण स्वास्थ्य चौकी र त्यहाँका कर्मचारीहरू ले पाउने सेवा सुविधा साथै आउने सेवाग्राही का बारेमा जानकारी लिएको छ । साथै स्वास्थ्य स्वयमसेविकाहरु संग पनि भेटघाट र परामर्श गरेको छ।


स्वास्थ्य चौकी का कर्मचारी अथवा स्वास्थ्य कर्मी ले केहि गुनासो र मागहरु पनि दर्साएका थिए । बिनौना स्वास्थ्य चौकी मा प्रजनन स्वास्थ्य सामाग्रीहरू ९ डिपो, पिल्स० नभएको , सबै स्वास्थ्य चौकी मा गर्भवती पोषण तथा यातायात भत्ता नपाएको गुनासो राखेका थिए । बिनौना स्वास्थ्य चौकी मा पाँचौ तह को २ वटा दरबन्दी खाली रहेको जानकारी पनी गराएका थिए।


कार्यक्रमको पहिलो दिन वडा नं १ कुसुम स्वास्थ्य चौकी, वडा नं ३,५,६ र ७ मा अनुगमन गरेको हो । अनुगमन मा इन्सेक द्वारा संचालित मानव अधिकार समुह राप्ती सोनारी गाउँपालिका की संयोजक धनी वली र इन्सेक बाँके जिल्ला सहजकर्ता लक्ष्मी चौधरी लगायत गाउँपालिका उपाध्यक्ष धनी खत्री ज्यु र पत्रकार युवराज थापाको पनि उपस्थित थियो ।


यस संस्थाले विगत केही समयदेखि स्वास्थ्य, शिक्षा लगायत थुप्रै बिषय लाई लिएर उनीहरू का अधिकार र सेवा, सुबिधा अथवा उनीहरुले पाउने अधिकार लाई लक्षित गरी जनप्रतिनिधि संग समन्वय गरी स्थानीय सरकार र जनता बीचमा एउटा महत्वपूर्ण पुल को काम गर्दै आएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x