१७ मंसिर २०८०, आईतवार

उद्योगी व्यावसायी संघको आगामी निर्वाचनमा उम्मेदवारहरुको घोषणासभा सप्पन्न

एसीपी संवाददाता

१९ पुष २०७६, शनिबार ०२:१३ मा प्रकाशित

१९ पुस, बाँके

माघ ११ गते हुने निर्वाचनमा समावेशी प्यानलले अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ को नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ भने साझा प्रजातान्त्रिक व्यवसायीक प्यानलले अध्यक्षको उम्मेदवारका रुपमा ललित रौनियारलाई अगाडी सारेको छ ।
कलपत्रुमा आयोजित घोषणासभामा प्रजातान्त्रिक समूहले रौनियारको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको हो । उक्त प्यानलले उद्योग तर्फको उपाध्यक्षमा तर्फ तपेन्द्र बिक्रम शाह तथा वाणिज्य तर्फको उपाध्यक्षमा अमित बस्नेतलाई अगाडी सारेको छ ।

सदस्यमा क्रमश अजय कुमार टण्डन, मख्खन धामी, तेजनारायण कँडेल, सुनिल सिंघल, विन्दु चर्ती मगर, टंक प्रसाद शर्मा, टेकबहादुर खड्का, बदरुद्धिन अन्सारी, विष्णु प्रसाद श्रेष्ठ, दिपेन्द्र राज श्रेष्ठ, सन्तोष कुमार बैश्य र सुरेन्द्र सिंह सरदार रहेका छन् ।

यसअघि गत बुधबार समावेशी प्यानलले उम्मेदवारी घोषणा गरेको थियो । उक्त प्यानलको उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ र उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार बनेका छन भने सदस्यहरुमा क्रमशः टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे र भिम रानाभाट रहेका छन । त्यस्तै बस्तुगत तर्फ होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धु’ ले उम्मेदवारी दिएका छन ।

समावेशी प्यानललाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं समावेशी प्यानलका संरक्षक दामोदर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपालञ्ज उद्योग वाणिज्य संघका पूर्व महासचिव अशोक कर्माचार्य, समावेशी प्यानलका संयोजक ईश्वर पोखे्रल, अग्रज व्यवसायी कृष्णगोपाल बैश्य, भाष्कर काफ्लेले साथ दिदै आएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x