१४ मंसिर २०८३, आईतवार

उपेन्द्रले धोका दिए पछि प्रचण्ड सङ बाबुराम

एसीपी संवाददाता

५ श्रावण २०७९, बिहीबार ०८:३० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईबीच वैकल्पिक गठबन्धन निर्माण गर्ने विषयमा छलफल भएको छ । दुई नेताबीच सिंहदबारमा छलफल भएको हो ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा दाहाल र भट्टराईबीच छलफल शुरु भएको हो । सो छलफलमा दिउँसो ४ बजे नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वामदेव गौतम पनि सहभागी हुने माओवादीले जनाएको छ ।

यसअघि दाहाल र भट्टराईबीच उप राष्ट्रपति नन्दबहादुर पुनको निवासमा पनि छलफल भएको थियो । माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गैरकांग्रेस, गैरएमालेको सामाजवादी केन्द्र बनाउने विषयको प्रस्ताव दाहालले गरेका थिए ।

  • उपेन्द्रले कार्यवाही गर्दा बाबुराम अलपत्र , एकीकरणमा जाने कि नयाँ पार्टी बनाउने ?

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले हालै केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि नयाँ वामपन्थी गठबन्धन बन्नु पर्ने बताएका थिए । नेपाली कांग्रेसले अहिलेको पाँच दलीय सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने निर्णय गरेपछि उनीहरुले पनि छुट्टै वैकल्पिक गठबन्धन बनाउन छलफल सुरु गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x