३२ असार २०८३, बिहीबार

उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता

एसीपी संवाददाता

१० असार २०८२, मंगलवार १९:३६ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ एमाले–कांग्रेस गठबन्धनको तीव्र आलोचना गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका छन्। उनले यो सरकार जनताको पक्षमा नभई बिचौलियाको लागि बनेको भन्दै समर्थन कायम राख्नु नै संविधान, संघीयता र जनतासँग गद्दारी हुने बताउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।

रफत सञ्चार क्लबमा आयोजित अन्तर संवाद कार्यक्रममा अध्यक्ष यादवले भने , यो सरकार जनमुखी होइन, केबल म्युजिकल चियरको खेल बनेको बताए। उनका अनुसार सरकार गठनको बेला गरिएका सुशासन, भ्रष्टाचार अन्त्य, आर्थिक सुधारजस्ता हरेक प्रतिबद्धता झूटो सावित भएको छ। “सरकार सुधारको एजेन्डामा होइन, विनाशको स्क्रिप्ट अनुसार चलिरहेको छ। जनतालाई सपना बेचियो, धोका दिइयो,” यादवको प्रहार थियो। उनले भने, “अब हामीले समर्थन दिँदैमा यो सरकार सही बन्छ भन्ने आशा नगरौं, यो सरकार सरकार होइन, गठबन्धनको नाममा चलिरहेको गम्भीर विफलता हो।”

उनले वर्तमान सत्ता गठबन्धनले जनताको कुनै चासो नराखी केवल सत्तामा टिकिरहने खेल खेलिरहेको आरोप लगाए। सरकारको सम्पूर्ण ध्यान सत्ता जोगाउने, पद बाँड्ने, प्रशासन हल्लाउने र जनताको नाममा बजेट बेच्ने काममा लागेको उनले बताए। यादवले सरकारलाई जनताको होइन, बिचौलियाको सरकारको संज्ञा दिंदै भने, “सुशासन कुन चराको नाम हो भनेर थाहा छैन सरकारलाई। गरीब, श्रमिक, किसान सबै पन्छाइएका छन्। बजेट विचौलियामुखी बनेको छ।”

संविधान कार्यान्वयनतर्फ सरकार पूर्णरूपमा उदासीन रहेको टिप्पणी गर्दै उनले प्रदेश सरकारहरूलाई कर्मचारी नपठाउने, स्रोतसाधन नदिने, कानुन निर्माणमा ढिलाइ गर्ने, र अधिकार खुम्च्याउने काम संघीयताको मर्ममाथिको आक्रमण भएको बताए। यादवको भनाइमा संघीयता मास्नेतर्फ सरकार स्वयं लागि परेको छ र यसले संविधानमाथिको विश्वास गुमाएको छ। “संविधान पालना नगर्नेहरूले नै आज देश बिगारेका छन्”, उनले गम्भीर आरोप लगाए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x