१३ मंसिर २०८३, शनिबार
एमसीसीलाई लिएर हिंसा भड्काउने कार्य स्वीकार्य छैन – अमेरिकी राजदुत
काठमाडौं। नेपालका अमेरिकी राजदुत र्याडी बेरीले एमसीसीलाई लिएर हिंसा भड्काउने कार्य स्वीकार्य नभएको बताएका छन् ।
अमेरिकी सहायता परियोजना एमसीसीको बिषयलाई लिएर नेपालमा चर्काे विवाद भइरहेका बेला अमेरिकी राजदुत बेरीले यस्तो भनेका हुन् ।
नेपालका लागि अमेरिकी राजदुत बेरीले भनेका छन्, ‘हामी एमसीसीलगायतका बिषयमा तथ्यमा आधारित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक भाषणको बलियो समर्थक हौं, आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तर्निहित हो, र मानिसहरूले शान्तिपूर्वक आफ्ना विचारहरू साझा गर्न अनुमति दिनुपर्छ।’
तर, हिंसा र हिंसा उक्साउनु कदापि स्वीकार्य नभएको उनले भनेका छन् ।
Subscribe
Login
0 Comments


