सिधनिया घाटमा सनातनी धर्म युवा समितिद्वारा भण्डारा तथा प्रसाद वितरण सम्पन्न
नेपालगन्ज (बाँके), मंसिर ८ गते — सनातनी धर्म युवा समिति, नेपालगन्ज, बाँकेको आयोजनामा कार्तिक पूर्णिमाको पावन अवसरमा राप्ती नदी किनारस्थित सिधनिया घाटमा भण्डारा तथा प्रसाद वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्तिक पूर्णिमाका दिन राप्ती नदीमा स्नान तथा पूजाआजा गर्न पुगेका सयौँ श्रद्धालु भक्तजन, स्थानीयवासी तथा सर्वसाधारणलाई लक्षित गरी भण्डारा तथा प्रसाद वितरण गरिएको समितिले जनाएको छ। धार्मिक आस्था, सद्भाव र सेवाभावलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमलाई व्यवस्थित, शान्त र मर्यादित बनाउन समितिका पदाधिकारी, युवा सदस्य तथा स्वयंसेवकहरू सक्रिय रूपमा खटिएका थिए। आयोजक समितिका अनुसार कार्तिक पूर्णिमाजस्तो पवित्र धार्मिक अवसरमा सेवाभावका साथ प्रसाद वितरण गर्न पाउँदा समितिले हर्ष व्यक्त गरेको छ।
dbf15cbc-c0a1-46eb-ac83-75ca8ba935f4 4d11a7f5-ffd6-408c-b90a-a5790df091d3 


