१४ मंसिर २०८३, आईतवार

एमाले साथ दिन तयार छ सुन्ने बित्तिकै प्रचण्ड र नेपालको सातो गयो

एसीपी संवाददाता

१४ फाल्गुन २०७८, शनिबार ०१:१५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणको प्रयास भइरहेको छ । एमसीसीमा प्रचण्ड र माधव नेपालले दोहोरो चरित्र देखाएपछि सत्ता गठबन्धन धरापमा परिसकेको छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर सम्वाद गरिरहेका छन् । मुलुकलाई निकास दिन ओली पनि देउवासँग सहकार्य गर्न सहमत छन् । एमसीसी पनि पास गर्ने र मुलुकलाई पनि निकास दिनेगरी कांग्रेस एमाले सहकार्यको स्वरुप बनिसकेको छ ।

कांग्रेस र एमाले मिल्नै लाग्दा सत्ता गठबन्धन भत्किने निश्चित भएको छ । सत्ताका लागि जे पनि गर्न तयार प्रचण्ड र माधव नेपालको भने विचल्ली हुने भएको छ । यहीँ थाहा पाएर प्रचण्ड हिजो नेकपा फुटेपछि पहिलोपटक केपी ओलीको शरणमा पुगे । ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे । एमाले र माओवादी मिलेर सत्ता सहकार्यको प्रस्ताव राखे । तर ओलीले अस्वीकार गरे । उनले पूराना दिन सम्झिए । प्रचण्डले आफूलाई कसरी दुईतिहाइ बहुमत हुँदा काम गर्न दिएनन् भन्ने कुरा स्मरण गराए ।

यसबाट ओलीसँग सहकार्य सम्भव नभएको निष्कर्षमा प्रचण्ड पुगे । यता बालुवाटारमा देउवासँग फेरि वार्ता गरेर ओलीले कांग्रेस एमाले सहकार्यका लागि तयार भए । यसँगै अहिलेको सत्ता गठबन्धन भत्किने र नयाँ समीकरण बन्ने निश्चित भएको छ । नयाँ समीकरण बनेमा प्रचण्ड र माधवले के के गुमाउँछन् भनेर यहाँ चर्चा गरिएको छ । पहिलो त माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले बर्खास्त गर्नेछन् ।

यद्यपि दुबै पार्टीका मन्त्रीहरु सरकार छाड्न तयार छैनन् । चुनावको मुखमा सरकार छाड्न नहुने उनीहरुको मत छ । एकीकृत समाजवादीबाट प्रेम आलेसहित केही सांसदहरु विद्रोह गर्ने तयारीमै छन् । त्यसैगरी माओवादीले सभामुख गुमाउनेछ । मन्त्री बर्खास्तपछि एमालेले सभामुखविरुद्ध महाभियोग ल्याउनेछ । जसलाई पारित गर्न कांग्रेस, लोसपा, जसपालगायत लाग्नेछन् ।

सभामुख गुमाएपछि संसदमा पनि माओवादी शक्तिविहीन हुनेछ । त्यसपछि माधव नेपालसहित १४ सांसदको पद जानेछ । एकीकृत समाजवादी भन्ने पार्टीको वैधानिकता नै रहनेछैन । अर्थात माधव नेपाल पार्टीविहीन हुनेछन् । उनी आफू पनि सांसद रहनेछैनन् । एक हिसाबले भन्ने हो उनी कुनै शक्तिमा रहनेछैनन् । मुखमा चुनाव आएको बेला विना स्रोत साधन माधव नेपालालाई पार्टी निर्माण गर्न ठूलो चुनौती हुनेछ ।

राजनीतिक अस्तित्व जोगाउन धौ धौ हुनेछ । त्यसैगरी माओवादी पनि सत्ता बाहिर हुँदा शक्तिहीन हुने र स्रोत साधनबिना चुनाव फेस गर्दा अधिक असफलता हात पर्ने देखिन्छ । जसका कारण आगामी निर्वाचनपछि दुबै पार्टीलाई ठूलो क्षति हुने देखिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x