८ कार्तिक २०८१, बिहीबार

ओमोडा ई-फाइभ’ नेपालगञ्जमा सार्वजनिक

एसीपी संवाददाता

२७ असार २०८१, बुधबार ०७:१४ मा प्रकाशित

पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा ओमोडा ई-फाइभ अधिकारिक रुपमा सार्वजनिक गरिएको छ ।

ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई-फाइभ शनिवार एक भब्य कार्यक्रम बीच सार्वजनिक गरेको हो । 

चिनियाँ सवारी निर्माता चेरी अटोमोबाइल कम्पनी लिमिटेडको विद्युतीय गाडी ओमोडा ई-फाइभको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ कायम गरिएको ओमोडा नेपालका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले जानकारी गराए । उनका अनुसार ओमोडा ई-फाइभ नेपालभर ३५० भन्दा बढी भित्रिसकेका र नेपालगञ्जमा पनि करिब १३ वटा गुडिरहेका छन ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ओमोडा ई-फाइभलाई सार्वजनिक गरेका हुन । नेपालगञ्जका लागि चेरी अटोमोबाइलको आधिकारिक बिक्रेता सारदा ग्रुप अन्तर्गतको सिद्धार्थ टेक प्रा.लि. ले यो गाडीको मूल्य सार्वजनिक गरेको हो ।

कम्पनीले नेपालमा सुरुवाती चरणमा ई-फाइभ मोडेलको लङ रेन्ज भेरियन्ट ल्याएको कार्यक्रममा बताइएको छ । ओमोडा ई-फाइभको लम्बाइ ४४२४ एमएम, चौडाइ १८३०, उचाइ १५८८ र ह्वीलबेस २६३० एमएम रहेको छ । यो गाडीको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । एक पटकको चार्जमा ५१० किलोमिटर रेञ्ज दिने यो गाडीले सून्यदेखि १०० किलोमिटरको गति ७.६ सेकेन्डमै पकड्ने कम्पनीको दाबी छ ।

६१ किलोवाट ब्याट्री क्षमतामा आएको ओमोडा ई-५ उत्कृष्ट ९९ किलोवाटपावर सहित लग्जरियस् सुविधामा आएको छ ।

यसको टर्क ३४० एनएम रहेको छ भने टप स्पिड १७२ किलोमिटर प्रति घण्टा रहेको छ । यसमा १८ इन्चको स्पोर्ट्स ह्विल छ भने १० वाट वाइन्ड रेसिस्टेन्स ह्विल रहेको छ ।

यसको बाहिरी एक्स्टेरियरमा, एक्स-आकारको फ्रन्ट फेस र डायनामिक फास्टब्याक आकार, स्ट्याग्रड मेट्रिक्स टेललाइट, टी-आकारको डेटाइम रनिङ हेडलाइट सहित अत्याधुनिक र मनमोहक डिजाइन छ ।

भित्र इन्टेरियरमा, २५६ रङको एम्बियन्ट लाइट, सोनीको प्रिमियम ८ स्पिकर सहितको क्रोम डोर ह्यान्डल, इलेक्ट्रिक सनरूफ, ५० वाटको वायरलेस फोन चार्जर, भेन्टिलेटेड सिटहरू, ६ वटा एयरब्याग जस्ता सुविधा पाइन्छ, जसले प्रयोगकर्ताहरूलाई सहज, आरामदायी र समृद्ध यात्रा अनुभव प्रदान गर्दछ ।

यसको अर्को आकर्षण, २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यो गाडीमा सन रुफ समेत दिइएको छ । त्यस्तै यसमा २५६ कलर एम्बियन्ट लाइट समावेश गरिएको छ ।

६१ किलोवाट आवर क्षमताको ब्याट्री रहेको गाडीमा कम्पनीले ९९ किलोवाट क्षमताको मोटर उपलब्ध गराएको छ । फास्ट चार्जरमार्फत यो गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २८ मिनेट लाग्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार हरेक १०० किलोमिटरमा १५.५ किलोवाट आवर पावर खपत हुनेछ ।

ट्राफिक जाममा पनि सुरक्षित र आरामदायी यात्राका लागि यो गाडीमा ट्राफिक जाम असिस्टेन्ट (टीजेए) तथा रियर एक्रस ट्राफिक असिस्टेन्ट (आरसीटीए) समावेश गरिएको छ ।

गाडीमा भएका विभिन्न सेन्सरले गाडीको अगाडि, पछाडि, दायाँ वा बायाँ कुनै वस्तु ठोक्किन आए तुरुन्त अलर्ट दिनेछ ।

यसमा कम्पनीले सात ओटा एयर ब्याग दिएको छ । लेन किपिङ असिस्टेन्ट, डिपार्चर रिमाइन्डर, आईईएस, फ्रन्ट कोलाइजन वार्निङ, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, ट्राफिक जाम एभोइडेन्स असिस्टेन्ट, डोर ओपन वार्निङ यो गाडीमा भएका सेफ्टी फिचरहरू हुन् ।
महाप्रबन्धक चन्दले नेपालमा अबको १५ दिनमा विभिन्न ठाँउमा कम्पनीको आफ्नै फास्ट चार्जिङ स्टेशन समेत सञ्चालन गर्ने तयारी रहेको बताए ।

सिद्धार्थ टेक प्रा.लि.का प्रबन्ध निर्देशक विवेक कुमार श्रेष्ठले शनिवार लञ्चिक क्रममा बुकिङ गर्ने ग्रहकलाई ५० हजार क्यास ब्याक गर्ने उत्कृष्ट अवसरको घोषणा समेत गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x