७ जेष्ठ २०८३, बिहीबार

ओलीको चेतावनी- सुशीला कार्कीसँग डराएर भाग्दिनँ,  गृहमन्त्री बाबु धेरै नउत्ताउलिनू

एसीपी संवाददाता

२३ आश्विन २०८२, बिहीबार १५:५४ मा प्रकाशित

उनले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेकाले एमालेलाई नजिस्क्याउन चेतावनी दिए ।
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्ने प्रयास र पासपोर्ट रोक्का विषयमा गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्तालिन चेतावनी दिएका छन्।
  • ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर भाग्ने नभएको र देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेको बताएका छन्।
  • उनले देशको सार्वभौमसत्तामाथि हमला भइरहेको उल्लेख गर्दै एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन्।

 काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले  आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू  प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन् ।

उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन चेतावनी दिएका छन् । उनले देश चलाउने ठट्टा नभएकाले ख्याल गर्न उल्लेख गरे ।

उनले भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दैन सडकमा तमासा गरिरहेको बताए ।

‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्की डरको डरले केपी ओली भाग्छ ?,’  उनले भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिन । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने देश चलाउने ख्याल ठट्टा होइन ।’

उनले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेकाले एमालेलाई नजिस्क्याउन चेतावनी दिए ।

‘हामी जेल नेल भोगेर आएका हौं । हाम्रा लागि यो नयाँ कुरा होइन,’ उनले भने, ‘देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं हामीलाई जिस्काइरनु पर्दैन । हामीले जनताको शासन भनेर ल्याएका हौ । लडेका हौं ।’

उनले अहिले देशको सार्वभौमसत्तामाथि हमला भइरहेको पनि उल्लेख गरे  । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x