१३ कार्तिक २०८३, बिहीबार

कम्यूनिष्ट बिचारका नेताहरुमा हिन्दु धर्म मौलाउदै , वसन्त पञ्चमीका अवसरमा वसन्त श्रवण तथा प्रसाद ग्रहण

एसीपी संवाददाता

४ फाल्गुन २०७७, मंगलवार ०७:२२ मा प्रकाशित

कम्यूनिष्ट बिचार धारा मान्ने देशको सर्बोच्च पद राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री केपि ओली शर्मा , उपराष्ट्रपति नन्द बहादुर पुन, सभामुख अग्नी सापकोटा हिन्दु धर्मकै पुजा अर्चना गरे,

देशमा हिन्दु राष्ट्रको माँग बढि रहेको बेलामा र प्रधामन्त्री केपि ओलीले पशुपतिनाथ मन्दिरमा गएर पुजा अर्चना गरे देखि कम्यूनिष्टहरुमा खेलाबैला मच्चेको छ । आज मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण तथा प्रसाद ग्रहण गर्नुभएको छ ।

मंगलबार बिहानको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गर्नुभएको हो । प्रत्येक वर्ष वसन्त पञ्चमीका दिन राष्ट्रप्रमुखबाट सो स्थानमा वसन्त श्रवण गरी प्रसाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ । सो अवसरमा हनुमानढोका दरबारका पुरोहितले वसन्त श्रवण गराएका थिए ।

ज्ञात होस कि प्रधामन्त्री केपि शर्मा ओलिले पशुपति नाथ मन्दिर पसजा अर्चना गरेको नेकपाका माधव र प्रचण्ड समुहमा रहेका थुप्रै नेताहरुले बिरोध गरेका थिए । तर बसन्त पंचमी भनेको विद्या की देबी पनि हिन्दु आस्था मान्नेहरुकै देबि हुन आजको कार्यक्रममा तत्कालिन माओबादी र हाल नेकपाबाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, पुर्ब माओवादीका तर्फबाट सभामुख अग्नी सापकोटा, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखको समेत वसन्त श्रवणमा सहभागिता हुनुको अर्थ के अब सबै हिन्दु राष्ट्रको पक्षमा लागेका हुन प्रधानमन्त्रीले पुजाआजा गर्दा तिब्र बिरोध गर्ने तत्कालिन माओवादीका केहि नेताहरु कहाँ छन् । देश भरी हिन्दु धर्मलाई नै सखाप पार्ने काम पनि तत्कालिन माओवादीहरुले गरकै हुन । हिन्दु धर्म ढोग हो भन्ने दलितहरुलाई मधेशीलाई उनमुक्तीको बहाना संघर्ष गराईयो तर केहि भएन् ।

मन्दिर तोडने देखि लिएर राष्ट्रिय चिन्ह गाउँमाताको हत्या गराई हिन्दुहरुलाई समेत मासु खवाइयो त्यसका निर्देशन गर्ने को हुन अहिलेका दोश्रो अध्यक्ष नेकपा पुष्पकमल दाहाल प्रचण्ड त्यसको नायक हुन् । पाकिस्तान , क्रिस्चियन मुलुकबाट आएको अर्बौ रकम लिई हिन्दु राष्ट्र हटाएको हो भन्दै जनताले बुझन् शुरु गरेको छन् ।

शुभसाइतमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी अर्पण गरेको थियो । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यस दिनलाई ‘वसन्त पञ्चमी’ भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारका ज्ञान, सिद्धि र सद्बुद्धि हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्व्सिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x