२९ माघ २०८२, बुधबार
कर्णाली नदीमा जीप खस्दा ५ जनाको मृत्यु
बाजुरामा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । जिल्लाको हिमाली गाउँपालिका–७ मा यात्रुबाहक जीप कर्णाली नदीमा खस्दा मृत्यु भएको हो ।

से १ ज १०६४ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । ४ जना मध्ये गाडी चालक तथा मालिक गोत्री घर भएका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटका अनुसार जीपमा ९ जना यात्रु सवार रहेकोमा ४ जनाको घटनास्थलमै मृत्यु भएको भने एकको उपचारको क्रममा भएको छ । बाकी घाइते प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको र बेपत्ता एक यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Subscribe
Login
0 Comments



