१४ मंसिर २०८३, आईतवार

काँग्रेसको एजेण्डामा मतदाताहरु सहमत हुँदै, प्रशान्त जित्दै

एसीपी संवाददाता

२६ बैशाख २०७९, सोमबार ०३:०२ मा प्रकाशित

नेपालगन्ज २६ बैशाख ।
नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार प्रशान्त विष्टसहितको उम्मेदवारले आज विहानै नेपालगन्ज उपमहानगरपालिका–१० मा घरदैलो तथा कोणसभा गर्नुभएको छ  ।कोणसभामा बोल्दै बिष्टले यसअघि कांग्रेसले जितेको वडा नम्बर १० मा यसपटक नर बहादुर बिष्टको पुरै टिमलाई जिताउन सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेपालगन्जको विकासका लागि काँग्रेसको विकल्प नभएको बताउनुभयो । त्यस्तै नगर प्रमुखका उम्मेदवार बिष्टलाई वडा नम्वर १० मा पनि मतदाताले हौसला दिएका छन् । आफू निर्वाचित भए पश्चात् तपाईंहरुका समस्या र अधुरा कार्य सबै पूरा गर्ने नगर प्रमुख  बिष्टले बताउनुभयो । काँग्रेसले सारेका एजेण्डामा मतदाताहरु सहमत हुँदै गएका छन् । जस्का कारण प्रशान्तको जित बलियो बन्दै गएको छ । यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले नगरप्रमुखमा प्रशान्त बिष्ट  र गठवन्धन दलका उपप्रमुख कमरुद्दिन लाईलाई विजयी बनाउन लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले विकासप्रेमी र योजनासहितको टीमलाई जिताउन मतदातालाई आव्हान गर्नुभयो । काँग्रेस बाँकेका पूर्व पार्टी सभापति किरण कोइरालाले काँग्रेसको जितलेमात्रै सम्बृद्धि छाउने बताउनुभयो । घरदैलो तथा कोणसभामा काँग्रेसी कार्यकर्ता तथा शुभेच्छुकहरुको वाक्लै उपस्थिति रहेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x