कृषकका मुद्दालाइ उठान गर्दै प्ले कार्ड देखाएर सांकेतिक रुपमा दवाब
झापामा मल उपलब्ध गराउने लगाएतको माङ राखी बिरोध प्रदर्सन भएको छ । आज झापाको सुरुङ्गामा स्वतन्त्र युवाहरुको समुहले कृषकका मुद्दालाइ उठान गर्दै प्ले कार्ड देखाएर सांकेतिक रुपमा दवाब दिएका छन ।भुवन खतिवडाको नेतृत्वमा दावा लामा,सरोज भेटुवाल लगायतको सकृयतामा दवावमुलक कार्यक्रम गरिएको हो ।
कृषकलाई मल बिऊ सहज रुपमा उपलब्ध गराउनुपर्ने, कृषि बिमाको व्यवस्था गर्नुपर्ने माग युवाहरुको रहेको छ । अहिलेको परिप्रेक्ष्यमा युवाहरु कृषि तर्फ आकर्षित भएपनि समयमा मल, बिऊ नपाउने, कुनै प्रकारको क्षती भएमा राहत नहुने हुँदा अविलम्ब सो को व्यवस्था गर्न माग गर्दै युवाहरु आन्दोलित भएको छ्न । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले रासयनिक मलको विकल्पमा प्राङगारिक मल प्रयोग गर्न सुझाव दिन शुरु गरेको हुन । केही दिन आगाडि कृषि मन्त्री महेन्द्र राय यादवले मल स्थानमा सुझाव दिएका थिए हास्यास्पद लागेको छ । अहिले सत्तामा रहेको जसपाका अध्यक्ष उपेन्द्र यादवले समेत कृषकहरु पिडा नबुझ्नु र राजनीतिक भासण गर्दै हिनेका छ्न । जसपालाई कृषि मन्त्रालय सहित मन्त्रालय पाएको छ तर मन्त्री सम्म मात्र सिमित भएका छ्न । अहिले मन्त्री महेन्द्र यादवले भने अनुसार सत्य लुकाउने प्रयास गरेका हुन । उनले चिनियाँ दूतावास र बाङ्लादेशलाई समेत अनुरोध मल किन आई रहेको छैन के यो नेपाल सरकारको कमि हो । मधेसका जनता प्राय कृषिमा अधारित रहदै आएका छ्न । तर मधेसी पार्टीकै मन्त्री हुँदा समेत जनतालाई मलको अभावले जन्ताले पीडित हुँदै गएको छ । अगुवा युवा राजेन्द्र उप्रेतीले बताउनुभयो ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले रासयनिक मलको विकल्पमा प्राङगारिक मल प्रयोग गर्न सुझाव दिएका छन्


