१४ मंसिर २०८०, बिहीबार

कृष्णनगरमा वडाध्यक्ष र महिला वडा सदस्यको टोली द्वारा माक्स वितरण

एसीपी संवाददाता

१५ चैत्र २०७६, शनिबार ०८:५५ मा प्रकाशित

चैत्र १५ –कृष्णनगर कृष्णनगर नगरपालिकाको ३ मा शनिवार निःशुल्क मास्क वितरण गरिएको छ । ३ नं. का वडाध्यक्ष सगीर अहमद खाँ र महिला वडा सदस्य हरुको टोली ले घर घर मा पुगी मास्क वितरण गर्नु भएको छ । अहिले विश्वभरी महामारीको रुप लिई फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको जोखिमबाट बच्न, रोकथाम र नियन्त्रण बारे सचेतना दिँदै गाउँ–गाउँमै पसेर मास्क वितरण गर्नु भएको छ। उहाँले कोरोना भाइरसको सङ्क्रमणबाट आफु बचौँ, अरुलाई पनि बचाऔँ भन्दै घरमै बस्न अनुरोधसमेत गर्नु भएको छ । यस संकटको बेला अनावश्यक रुपमा बाहिरा नहिडी घरमै बस्नु आफु बाँच्नु र अरुलाई बचाउँनु हो, उहाँले भन्नुभयो । कोरोना भाइरस फैलिन नदिन सरकारले लगाएको लकडाउन धेरै राम्रो रहेको बताउँदै सबैले यसको पालना गर्नु अत्यावश्यक भएको वडाअध्यक्ष खाँले बताउनुभयो । सबै गाउँ, टोलमा सरसफाई गरि चूना, किटनाशक औषीधी छर्कने काम भएको छ । उहाँले अति विपन्न परिवारलाई खाद्यान्न समस्या परेको खण्डमा सम्पूर्ण खाद्यवस्तुसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

 समुदायमा कोभिड-१९ को स्थितिबारे सुक्ष्म अनुगमन समेत आवश्यक रहेको

 समुदायमा कोभिड-१९ को स्थितिबारे सुक्ष्म अनुगमन समेत आवश्यक रहेको

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x