२५ कार्तिक २०८३, मंगलवार

नेपालगन्जमा राष्ट्रिय जनमत पार्टीप्रति आकर्षण बढ्दै, ठूलो संख्यामा नेता–कार्यकर्ता पार्टी प्रवेश ‘बुलडोजर’ अभियानले संगठन विस्तारमा गति लिएको संरक्षक ईरफान अहमद शेषको भनाइ

एसीपी संवाददाता

२५ कार्तिक २०८३, मंगलवार १९:३७ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगन्ज, २४ कात्तिक — बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा राष्ट्रिय जनमत पार्टीप्रति सर्वसाधारण तथा युवाहरूको आकर्षण बढ्दै गएको छ। पार्टीको चुनाव चिह्न ‘बुलडोजर’ र संरक्षक ईरफान अहमद शेषको राजनीतिक अभियानबाट प्रभावित हुँदै विभिन्न क्षेत्रका नागरिक तथा कार्यकर्ताहरू पार्टीमा आबद्ध हुन थालेका हुन्।

यसैक्रममा सोमबार नेपालगन्जमा आयोजित एक विशेष कार्यक्रममा ठूलो संख्यामा स्थानीय नागरिक तथा विभिन्न राजनीतिक पृष्ठभूमिका नेता–कार्यकर्ताहरू राष्ट्रिय जनमत पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टीका केन्द्रीय तथा स्थानीय नेताहरूले खादा र अबिर लगाएर स्वागत गरेका थिए।पार्टीका संरक्षक ईरफान अहमद शेषले जनताको बढ्दो विश्वास र समर्थनका कारण पार्टीको संगठन विस्तारले गति लिएको बताउनुभयो। उहाँले भन्नुभयो, “राष्ट्रिय जनमत पार्टीप्रति स्थानीय नागरिकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ।

जनताको चाहना, परिवर्तनको अपेक्षा र पार्टीको एजेन्डाका कारण विभिन्न क्षेत्रबाट नागरिकहरू स्वस्फूर्त रूपमा पार्टीमा जोडिनुभएको छ। यो हाम्रो संगठनका लागि उत्साहजनक विषय हो।”उहाँका अनुसार पार्टीले जनताको समस्या, आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राख्दै संगठन विस्तार तथा जनसम्पर्क अभियानलाई थप प्रभावकारी बनाउँदै लगेको छ।

नवप्रवेशीलाई स्वागत गर्न आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सभापति रियाज अहमद शेष, महासचिव राजा सिंह, केन्द्रीय सदस्य गफुर खान, युवा नेताहरू सकिल हल्वाई, साहिद हल्वाई र मोनू जसगढलगायतका नेताहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा पार्टीका नेताहरूले नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई संगठन निर्माण, जनताको सेवामा सक्रिय सहभागिता र पार्टीको नीति तथा विचारलाई जनस्तरसम्म पुर्‍याउन आग्रह गरेका थिए।

पार्टी नेतृत्वले नवप्रवेशीहरूको सहभागिताले संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै पार्टीको अभियानमा साथ र सहयोग गर्ने सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति धन्यवादसमेत व्यक्त गरेको छ।

नेपालगन्जमा पछिल्लो समय विभिन्न राजनीतिक दलका गतिविधि र संगठन विस्तारका अभियान तीव्र भइरहेका बेला राष्ट्रिय जनमत पार्टीमा भएको यो प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x