१० कार्तिक २०८१, शनिबार

कोरोनाभाइरस सङ्क्रमण फैलिइरहेको छ, त्यति नै विभिन्न वस्तुको सतहहरूसँग हाम्रो डर पनि बढिरहेको

एसीपी संवाददाता

९ चैत्र २०७६, आईतवार ०४:२८ मा प्रकाशित

जति कोरोनाभाइरस सङ्क्रमण फैलिइरहेको छ, त्यति नै विभिन्न वस्तुको सतहहरूसँग हाम्रो डर पनि बढिरहेको छ।
संसारभर मानिसहरूले नयाँ अभ्यास शुरू गरेको देख्न सकिन्छ। यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाई उभिने र कार्यालयमा बिहान आफ्नो टेबुल सफा गर्ने छन्।
कोरोनाभाइरसको सङ्क्रमण धेरै भएका स्थानमा शरीर छोप्ने कपडा लगाएका मानिसहरूले खेलस्थल र सडकहरूमा भाइरस मार्ने औषधि छर्किरहेको देख्न सकिन्छ।
कार्यालय, अस्पताल, पसल र भोजनालयहरूमा सफा गर्ने क्रम बढेको छ।
युवा जोखिममुक्त छैनन्: विश्व स्वास्थ्य सङ्गठन
कोरोनाभाइरसको महामारीबीच बालबालिकालाई अरूसँग खेल्न दिनु कति उचित
श्वासप्रश्वाससम्बन्धी अन्य रोगहरूमा जस्तै कोभिड-१९ मा पनि सङ्क्रमित मानिसले खोक्दा नाक र मुखबाट निस्कने साना थोपाहरूबाट सर्न सक्छ।
एकपटक खोक्दा मानिसले ३,००० थोपा निस्कन्छ।
युक्रेनतस्वीर कपीराइटGETTY IMAGES
यी थोपाहरू अन्य मानिसहरू वा लुगा वा वरपरका सतहरूमा अड्कन सक्छ र केही साना थोपाहरू हावामै रहन पनि सक्छ।
मानिसले गर्ने दिसामा पनि भाइरस हुनसक्छ र शौचालय गएर राम्रोसँग हात नधुँदा पनि हातबाट अन्य सतहमा सर्न सक्छ।
अमेरिकाको सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ट प्रीभेन्सन सीडीसीले ‘भाइरस सर्ने प्रमुख माध्यम भाइरस भएको सतह हातले छुने र त्यसपछि त्यो हातले अनुहार छुने कार्य नभएको’ बताएको छ।
तर सीडीसी, विश्व स्वास्थ्य सङ्गठन र अन्य स्वास्थ्य संस्थाहरूले हात धोइरहनु र छोइरहने स्थानका सतहहरू दैनिक सफा गर्नु कोभिड-१९ बाट बच्नका लागि आवश्यक भएको बताएका छन्। बिबिसी सभार

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x