११ जेष्ठ २०८१, शुक्रबार

कोरोना बारेमा सरकार सचेत हुनु पर्ने

एसीपी संवाददाता

१९ माघ २०७६, आईतवार ०७:३७ मा प्रकाशित

माघ १९ गते एजेन्सी । राष्ट्रियसभाको आइतबारको बैठकमा सदस्यले आधारभूत स्वास्थ्य उपचार सेवा पाउने संवैधानिक हकको कार्यान्वयन हुनुपर्ने र कोरनाजस्ता भाइरसबाट बच्‍न सरकारले सचेतना अपनाउनुपर्नेमा जोड दिएका छन् ।
बैठकको शून्य समयमा कांग्रेसका राधेश्याम अधिकारीले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार संविधानको मौलक हकमा व्यवस्था भए पनि जनताले निःशुल्क भनिएका औषधि सहजै पाउन नसकेको गुनासो गरे । उनले भने, ‘स्वास्थ्य र शिक्षा सहज हुनुपर्नेमा निजी र सरकारी विद्यालयका नाममा विभेद छ ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x