क्यान बाँके शाखाको फागुन २० देखि २४ गतेसम्म हुने क्यान इन्फोटेकको तयारी तीब्र
फागुन १३ । नेपालगञ्ज : नेपालगञ्जमा क्यान महासंघ बाँके शाखाको आयोजनामा फागुन २० देखि २४ गतेसम्म गर्न लागिएको क्यान इन्फोटेकको तयारी तीब्र पारीएको छ ।
क्यान इन्फोटेक प्रचार, प्रसार समितिका संयोजक शरद रिजालले यो पटकको ईन्फोटेक बिगतका वर्षभन्दा बिशेष हुने हुने गरी तयारी तीब्र पारेको बताए ।
विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा पनि ‘प्रभु पे क्यान ईन्फोटेक–२०२० ईन एशोशिएसन विथ वोल्र्ड लिंक’ मेलाको आयोजना गर्न लागिएको हो ।
क्यान महासंघ बाँकेका अध्यक्ष रमणी शर्माले क्यान ईन्फोटेकको ४ थौं संस्करणमा क्यान महासंघका सदस्य संस्थाहरु लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने जानकारी दिए ।
मुख्य प्रदर्शनी हलमा ९० वटा प्रदर्शनी स्टल राखिने र जसअन्तर्गत हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन, बैंक, आई सीटी, कलेज, शैक्षिक परामर्श केन्द्र ट्रेनिङ्ग ईन्स्टिच्युट, सफ्टवेयर सोलुसन, पेमेन्ट सोलुसन्स् र विभिन्न नयाँ प्रविधिको प्रयोग गरी स्थानीय विद्यार्थीहरुले बनाएका प्रविधियुक्त हाडवेयर र सफ्टवेयरसँग सम्बन्धित सामाग्रिहरुका स्टल रहने अध्यक्ष शर्माले बताए ।
५ दिनसम्म संचालन गरीने मेला अवलोकनका लागि सर्वसाधारणहरुलाई ३० रुपैंया र विद्यार्थीहरुलाई २० रुपैंया प्रवेश शुल्क तोकिएको छ । अनलाईनमाफर्त टिकट खरीद गर्नेलाई ५ रुपौयाँ छुटको ब्यवस्था गरेको आयोजकले यस पटकको क्यान मेलामा कागजरहित टिकट सिस्टमको समेत ब्यवस्था गरेको छ ।



