१४ मंसिर २०८३, आईतवार

खप्तड छेडेदह गाउँपालिका बाजुराले सर्वे गराएर सर्वेबाफत पाउनुपर्ने रकम २ वर्ष बितिसक्दा नदिएको गुनासो

एसीपी संवाददाता

१० बैशाख २०७९, शनिबार ०३:४७ मा प्रकाशित

राजेन्द्र प्रसाद जोशी – खप्तड छेडेदह गाउँपालिका बाजुराले सर्वे गराएर सर्वेबाफत पाउनुपर्ने रकम २ वर्ष बितिसक्दा समेत रकम दिएको छैन।
खप्तड छेडेदह गाउँपालिकाको २०७६/०७/२२ गतेको पत्र संख्या ०७६/७७ को चलानी नम्बर १८१ को इन्टरनेट जडानका लागि सर्वे गरिदिने बारे विषयक प्राप्त चिठ्ठी अनुसार नर्मदा इन्फोसिसले प्रारम्भिक सर्वे समयावधि भित्रै समाप्त गरेर प्रतिवेदन बुझाएको थियो।
सम्झौता बमोजिम कार्य पूरा गरीसक्दा समेत सर्वेवाफत नर्मदा इन्फोसिसले पाउनु पर्ने ३ लाख रकम २ वर्ष बितिसक्दा समेत प्राप्त गर्न सकेको छैन।
रकम प्राप्तिका लागि गाउँपालिका कार्यालय लाई पटक पटक चिठ्ठी र टेलिफोन बाट ताकेता गर्दा समेत सम्बर्कबिहिन बनेको नर्मदा इन्फोसीसले बताएको छ।
त्यस गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरु संग यो विषयमा निवेदन गर्दा गैरजिम्मवारिपूर्ण जवाफ आएको समेत नर्मदा ले बताएको छ। 
सम्झौता अनुसार नै काम गरेर सबै प्रक्रिया पूरा गर्दा समेत गाउँपालिका ले यस्तो गरेकोमा नर्मदाले कानुनी कारबाहीका लागि प्रक्रिया आगाडि बढाउने बताउनु भयो।
गाउँपालिका को रकम २ वर्ष बितिसक्दा सम्म नर्मदा ले प्राप्त गर्न सकेको छैन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x