३१ जेष्ठ २०८१, बिहीबार

गुल्मीमा रेडक्रस सोसाइटीको सभापतिमा श्रेष्ठ

एसीपी संवाददाता

१९ पुष २०७६, शनिबार ०६:२८ मा प्रकाशित


रमेश विश्वकर्मा
गुल्मी, पुस १९ / नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति गुल्मीको ३७ औं साधारणसभा तथा अधिवेशनले राजेन्द्रप्रसाद श्रेष्ठ सर्वसहमत रुपमा सभापति चयन गरेको छ ।

शुक्रबार र शनिबार २ दिनसम्म जिल्लाको सदरमुकाम तम्घासमा चलेको ३७ औं साधारणसभा तथा अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समितिको चयन गरेको हो ।समितिमा ३ जना पदेन सदस्य सहित २० जनाको जिल्ला कार्य समिति रहनेछ । नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष संजीव थापाले कार्यक्रमको उद्घाटन गरेका थिए ।

अधिवेशनबाट सर्वसहमत रुपमा उपसभापति कृष्णप्रसाद भण्डारी र राधा पन्थी, मन्त्री लालबहादुर कुँवर, कोषाध्यक्ष ज्ञानहरी सापकोटा, उप-मन्त्री महेन्द्रप्रसाद भण्डारी, उप-कोषाधक्ष विष्णुप्रसाद भण्डारी चयन भएका छन ।

त्यस्तै सदस्यहरु गँगा शर्मा, शिलाकुमारी श्रेष्ठ, सरस्वती भण्डारी, अनन्तराम पौडेल, ईस्वरीप्रसाद पौडेल, टंकप्रसाद पौडेल, ढालबहादुर राउत क्षेत्री, पिताम्बर अर्याल, प्रेमनारायण पराजुली, शेरबहादुर कुँवर चयन भएका छन । पदेन सदस्यमा शशी पन्थी चयन भएका छ्न ।

कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रदेश र स्थानिय तहका नेपाल रेडक्रस सेसाइटीसँग आबद्ध सदस्यहरको सहभागिता रहेको थियो ।

अधिवेशन प्रत्येक २/२ वर्षको अन्तरालमा हुने गर्दछ । यो भन्दा अगाडीको कार्य समिति अनुपकुमार श्रेष्ठको अध्यक्षतामा रहेको थियो । अहिलेसम्म जिल्लाका विभिन्न स्थानमा २३ वटा उपशाखा रहेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x