१३ माघ २०७९, शुक्रबार

चिनियाँ अर्बपति सडकमा

एसीपी संवाददाता

११ माघ २०७९, बुधबार ०८:०८ मा प्रकाशित

हाल एभरग्राण्डमाथि ३ खर्ब डलरभन्दा धेरै रकमको ऋणभार छ । चालु पुँजीको अभावमा सयौं आवासीय भवनहरु निर्माणाधीन अवस्थामै रोकिएका छन् । आपूर्तिकर्ताहरुले समेत पैसा नपाउन थालेपछि निर्माण साइट नै बन्द गर्न थालेका छन् ।

कुनै बेला चीनकै सबैभन्दा धनी र राजनीतिकरूपमा प्रभावशाली व्यवसायीमध्येका एक चिनियाँ अर्बपति यानको सम्पत्ति अहिले ९३ प्रतिशत घटेको छ।

चाइना एभरग्रान्ड गु्रप का अध्यक्ष यानको सम्पत्ति एक समय ४२ अर्ब अमेरिकी डलरबराबर थियो। जसले उनलाई एसियाका दोस्रो धनी व्यक्ति बनायो।
एभरग्रान्ड चीनको सबैभन्दा ठूलो हाउजिङ विकासकर्ता हो। कम्पनीको ऋण दायित्व ३ खर्ब डलर छ। सन् २०२१ देखि चीनको घरजग्गा व्यवसायमा समस्या देखिएपछि उनको सम्पत्तिमा भारी गिरावट आएको हो। आफ्नो कम्पनी बचाउन अर्बपति यानले आफ्नो घर र निजी जेट विमान बेच्न थालेका छन्।

उनको रियलस्टेट कम्पनीमा मात्रै २ लाख कर्मचारी कार्यरत छन्। २०२० मा २ सय ८० सहरमा १ खर्ब १० अर्ब डलरभन्दा बढी मूल्यका १ हजार ३ सयभन्दा बढी विकासको स्वामित्व थियो। कम्पनीले गत वर्ष आफ्नो प्रारम्भिक ऋण पुनर्संरचना योजना पनि कार्यान्वय गर्न असफल भयो।

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी) बाट आएको पछिल्लो संकेतले आफ्नो सम्पत्ति घट्दै जानुका साथै यानले आफूलाई राजनीतिकरूपमा झन् एक्लो महसुस गरिरहेका छन्। सिपिपिसिसी सरकारी अधिकारीहरू र व्यवसायमा सबैभन्दा ठूला नामहरू सम्मिलित एउटा अभिजात वर्ग हो।

यान २००८ देखि सिपिपिसिसी र २०१३ देखि यसका कूलिन ३ सय सदस्यीय स्थायी समितिको हिस्सा थिए। तर, उनको सम्पत्ति साम्राज्य ऋण संकटमा परेर सबैभन्दा ठूलो क्षति भएपछि गत वर्षको वार्षिक सम्मेलनमा भाग नलिने भनिएको थियो। त्यतिमात्र होइन, अब उनलाई आगामी पाँच वर्षका लागि सिपिपिसिसी गठन गर्ने व्यक्तिहरूको सूचीबाट पनि हटाइएको छ।

सिपिपिसिसीको भूमिका एक मानार्थ पुरस्कार जस्तै हो जुन चीनले देशमा योगदान पु¥याउन विश्वासयोग्य व्यवसायीलाई दिन्छ।

‘यानजस्ता अधिक सम्पत्ति भएका व्यवसायी जसले अत्यधिक लाभ उठाएर समस्या सिर्जना गरेका थिए। यो अचम्मको कुरा होइन,’ हङकङस्थित चाइनिज युनिभर्सिटीका सहायक प्राध्यापक विली लामले भने।

यामको गु्रपका लागि २०२३ महत्वपूर्ण वर्षका रूपमा हेरिएको र उसले सम्भावित परियोजना हस्तान्तरण गर्न प्रयास गरिरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

‘मलाई विश्वास छ, हामी हाम्रो डेलिभरीको मिसन पूरा गर्न सक्छौं। विभिन्न ऋण तिर्न सक्छौं, जोखिम हटाउन सक्छौं र बाँच्नका लागि नयाँ अध्याय सुरु गर्न सक्छौं,’ अध्यक्ष यानले भने, ‘जबसम्म हाम्रा सबै काम सँगै हुन्छन् र हाम्रो निर्माण, बिक्री साथै सञ्चालन पुनः सुरु गर्न कहिल्यै हार मान्दैनौं।’

यानमात्र होइनन्, शिमाओ गु्रप होल्डिङ्स लिमिटेडका हुइ विङ माउ, ग्वान्झाओ आर एन्ड एफ प्रोपर्टिज कम्पनीका सहसंस्थापक झाङ ली र पावरलोङ रियल इस्टेट होल्डिङ्सका होई किन होङ अब सिपिपिसिसीको हिस्सा नरहेको एसएमएचले उल्लेख गरेको छ।

यो कदमले विकासकर्ताप्रति चीनको परिवर्तनशील मनोवृत्ति प्रतिविम्बित गर्दछ। जसमध्ये धेरैले एक वर्ष लामो रियलइस्टेट संकटबीच अर्थतन्त्रलाई खतरामा पारेका छन्। चीनको अर्थतन्त्र विस्तार तीन दशकपछि खुम्चिएर तीन प्रतिशतमा झरेको छ।

राष्ट्रपति सि चिनफिङको साझा समृद्धि योजनाबाट धनको पुनः वितरण अभियानले धेरै उद्योगमा समस्या निम्त्याएको छ। घरजग्गा क्षेत्रका लागि ऋण रोक्न कडा नीति लागू गर्दा बैंक, ट्रस्ट फर्म र लाखौं घरधनीलाई असर गर्ने देखिएको छ।

यसबाहेक लगातार शून्य कोभिड नीतिका लागि कडा बन्दाबन्दीले दुई वर्षको बीचमा चिनियाँ अर्बपतिहरूले गत वर्ष उनीहरूको सम्पत्ति दुई दशकको भन्दा बढी परिमाणमा डुबेको छ।

‘यो अचम्मको कुरा होइन, यानजस्ता व्यवसायी जसले सम्पत्ति क्षेत्रमा आफ्नो अत्यधिक लाभ उठाएर समस्या सिर्जना गरे, त्यही भएर सूचीबाट बाहिरिएका हुन्,’ लामले भने।

प्रारम्भिक पुनर्संरचना खाका प्रदान गर्न यो साता दुई विकल्पसाथ योजना प्रस्ताव गरिएको छ। कम्पनीले २०२१ को नतिजा रिपोर्ट गर्न असफल भएपछि यसको सेयर लगभग एक वर्षका लागि निलम्बन गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x