१४ मंसिर २०८३, आईतवार

चिनियाँ तस्करका चालकको बयान : भन्सार प्रशासकले यसमा के छ र मरिहत्ते गरेको भनेपछि फर्कियौं

एसीपी संवाददाता

२४ आश्विन २०८०, बुधबार १३:३१ मा प्रकाशित

वाङले राहुललाई फोन गरेर बोलाएपछि आफूसहित महरा र तिब्बती नागरिक निमा गुरुङ भन्सार प्रमुखको कार्यकक्षमा पुगेको उनले बताएका छन् । त्यसबेला ‘वाङ र असिन’ भनिने अरु दुई चिनियाँ नागरिक भुइँ तलामा बसेको पौडेलको बयान छ ।

जफत भएको भेपको बारेमा कसरी छुटाउने भन्ने विषयमा अरुण पोखरेलसँग राहुल महरा र निमा गुरुङले कुराकानी गरेको पौडेलको बयान छ । तर, पोखरेलले तपार्यंहरुलाई किन चाहियो, यसमा के छर यति सारो मरिहत्ये गरेको भनेको उनले बताएका छन् ।

‘उक्त सामान चेकजाँचका लागि गएको छ, हेर्न मिल्दैन । जफत भइस्केको वस्तु दिन मिल्दैन भनेपछि हामी तिनै जना त्यहाँबाट फर्किएका थियौं’, पौडेलले भनेका छन्, ‘त्यसबेलासम्म भेपभित्र सुन छ भन्ने कुरा मलाई वाङ समेतले नभनेकाले मलाई थाहा थिएन ।’

पछि मिडियामार्फत सुन लुकाइछिपाइ भित्र्याएको भन्ने थाहा भएको उनले बताएका छन् । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x