६ जेष्ठ २०८३, बुधबार

चिनियाँ हस्तक्षेप बन्द गर , नेपाली भूमि फिर्ता गर भन्दै आन्दोलन

एसीपी संवाददाता

१९ आश्विन २०७८, मंगलवार १५:३१ मा प्रकाशित

१९ गते असोज २०७८ मंगलबार । जनकपुर – नेपाली भूमि मिचेको सरकारी प्रतिवेदनबाटै पुष्टि भएपछि नेपालका विभिन्न स्थानमा आन्दोलन चर्किएको छ ।नेपाली भुमिमा भवन निर्माण बिवाद चिनियाँ सेनाको माइकिङ,११ नम्बरको पिल्लर गायब

हुम्लालगायत उत्तरी सीमा क्षेत्रमा चीनले एकलौटी रुपमा सीमा मिच्ने गरेको तथ्य बाहिर आएपछि नेपाली युवाहरु सडकमा उत्रिएका छन् । तथ्य बाहिर आउने वितिक्कै युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन गरे । लोकतान्त्रिक समाजवादी पार्टी निकट लोकतान्त्रिक युवा संघ केन्द्रीय समितिले नेपाली भूमि मिचेको विरोधमा प्रदर्शन गरेका थिए ।हुम्लामा चीनले नेपाली भुमी मिचेको दावी गर्दै आएका शाहिद्वारा छानबिन समितिलाई धन्यवाद

माइतीघरपछि लोकतान्त्रिक युवा संघले जनकपुरमा प्रदर्शन गरेको छ । नेता प्रशासन झाको नेतृत्वमा भूमि फिर्ता माग्दै चीनविरुद्ध प्रदर्शन गरिएको हो । उनीहरुले चिनियाँ हस्तक्षेप बन्द गर र मिचिएको नेपाली भूमि फिर्ता गर जस्ता नारा लगाएका छन् ।हुम्लामा चीनले नेपाली भुमी मिचेको दावी गर्दै आएका शाहिद्वारा छानबिन समितिलाई धन्यवाद

’हाम्रो भूमि फिर्ता गर, हेपाहा प्रवृत्ति मुर्दावाद, गो ब्याक चाइना, सीमा मिच्न पाइँदैन, चिनियाँ विस्तारवाद मुर्दावाद’ भनेर उनीहरुले जोडदार रुपमा नाराबाजी गरेका थिए ।हुम्लामा चीनले नेपाली भुमी मिचेको दावी गर्दै आएका शाहिद्वारा छानबिन समितिलाई धन्यवाद

रेल्वे स्टेशनबाट जसपाका युवाहरुले निकालेको जुलुस जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै युवा नेता झाले हस्तक्षेप बन्द गर्न चीनलाई चेतावनी दिए ।

उनले भने, ‘हुम्लाको १२ नम्बर पिलर र सगरमाथाको टुप्पोमा चीनको दावी गलत हो । यसरी गरिरहेको हस्तक्षेप बन्द नगरे कडा आन्दोलन गर्छौं ।’नेपालपाना

3 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x