२३ कार्तिक २०८२, शनिबार
चीनको वुहानबाट नेपालीको उद्धार गर्न भइरहेको ढिलाइबारे सरकारको आलोचना
माघ २२ गते एजेन्सी ।
सांसदहरूले चीनको वुहानबाट नेपालीको उद्धार गर्न भइरहेको ढिलाइबारे सरकारको आलोचना गरेको छन्।
वुहानबाट सुरू भएर संसारभर फैलिरहेकोक नोवेल कोरोनाभाइरसका कारण वुहानमा कोठाभित्र थुनिएकका नेपालीबारे मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले आवाज उठाएका हुन्।
वुहानमा रहेका नेपालीको उद्धार र संक्रमणबाट बच्न सरकारको तयारीबारे सांसदहरूले चिन्ता प्रकट गरे। उनीहरूले भाइरस जोखिमबाट बच्न सरकारले गरिरहेको प्रयासबारे पनि प्रश्न राखे।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले चीन सरकारले १० दिनमा एक हजार शैयाको अस्पताल निर्माण गरेको तर नेपाल सरकारले उद्धार गरेर ल्याउने नेपाली राख्ने ठाउँ खोज्न नसकेको भन्दै आलोचना गरेको समाचार सेतो पातिले प्रकाशित गरेको छ ।
Subscribe
Login
0 Comments



