१ आश्विन २०८३, बिहीबार

नेपालगञ्ज उद्योग वाणिज्य संघमा थपिए नयाँ पदाधिकारी, प्रवक्ताको जिम्मेवारी नन्द राम जैसीलाई

एसीपी संवाददाता

१ आश्विन २०८३, बिहीबार १९:४७ मा प्रकाशित

रिसब सिंह बाडिया/ नेपालगञ्ज, असोज १ — नेपालगञ्ज उद्योग वाणिज्य संघको बैठकले विभिन्न पदमा पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा नियुक्त गरेको छ। संघका अध्यक्ष चिरञ्जीवी ओलीको अध्यक्षतामा आज बसेको बैठकले संघको कार्यसमितिलाई पूर्णता दिँदै महत्त्वपूर्ण जिम्मेवारीहरू बाँडफाँड गरेको हो।

नयाँ निर्णयअनुसार संघको महिला सदस्यमा उषा थापा भण्डारी र अल्पना गुप्ता चयन हुनुभएको छ भने वरिष्ठ सदस्यको जिम्मेवारी अब्दुल जलिल मन्सुरीलाई प्रदान गरिएको छ। त्यसैगरी, अध्यक्ष ओलीले विवेक रानाभाट र हिमान्शु गुप्तालाई कार्यसमिति सदस्य पदमा नियुक्त गर्नुभएको छ।

यसैबीच, संघको आधिकारिक प्रवक्ताको जिम्मेवारी नन्द राम जैसीलाई प्रदान गरिएको संघले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x