चीनमा कोरोना भाइरसको महामारी पुनः बढदै , भाइरस रोक्न किन् असफल चीन
चीनमा कोरोना भाइरसका नयाँ संक्रमित हरेक दिन बढ्दै गइरहेका छन् । स्वास्थ्य अधिकारीहरूका अनुसार गत वर्षको डिसेम्बरमा पहिलोपटक देखिएयता हरेक दिनजसो संक्रमितहरू फेला परिरहेका छन् । गत वर्षको डिसेम्बरमा चीनको वुहानमा यो भाइरस भेटिएको हो ।
वुहानबाट यो भाइरस संसारका विभिन्न देशमा पुगिसकेको छ । ती देशमा अहिले पनि संक्रमित हुने क्रम जारी नै रहेको समाचार आइरहेका छन् । यसरी वर्ष दिन पुगिसक्दा पनि भाइरसको नियन्त्रण हुन सकेको छैन । तर, चीनले भने ६ महिनाभन्दाअघि नै यहाँ कोरोना भाइरस नियन्त्रणमा लिएको जनाएको थियो । पछिल्ला दिनमा भने फेरि यसका संक्रमितहरू देखिन थालेको चीन सरकारले जनाएको छ ।
डब्ल्यूएचओको वैज्ञानिकको टोलीद्धारा चीनमा कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’जाँच सुरु
अभियानको दोस्रो दिन देशभरी २८ हजारभन्दा बढीले (कोभिड १९) विरुद्धको खोप लगाए
चीन सरकारका अनुसार चीनभित्रै पनि संक्रमणका नयाँ घटना दिनहुँ भेटिन थालेका हुन् । चिनियाँ अधिकारीहरूका अनुसार मंगलबार मात्रै पनि चीनमा ७५ जनामा संक्रमण देखिएको छ । तीमध्ये थप ५५ जना स्वदेशमा नै थिए । यस्तै अरू २० वटा नयाँ घटना बाहिरबाट आएका व्यक्तिमा देखिएको छ ।
चीनको नेसनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनमा पछिल्ला सयम विभिन्न सहरमा नयाँनयाँ संक्रमित भेटिएका छन् । स्थानीय नागरिकहरूबाटै संक्रमण फैलिरहेको पाइएको समाचारमा जनाइएको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ ।
https://acpnewsnepal.com/?p=14545#.YBWcADEzbIU
चीनले कोरोनाबाट निको भएका नागरिकको पनि पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ । मंगलबार भेटिएका स्वदेशी संक्रमितहरूहमध्ये उत्तरी चीनको हेबेई र हेलिङजाङ प्रान्तका कतिपय सहर र जिलिङ नगरका धेरै नागरिक रहेका छन् ।
चीनका हेलिङजाङ, हेबेईलगायतका प्रान्तमा नयाँ संक्रमित भेटिन थालेको समाचार गत महिनादेखि नै आएको हो । ती प्रान्तका सरकारले आइसोलेसन वार्ड निर्माण पनि गरिरहेका बताएका छन् । नेपालपाना



