१७ मंसिर २०८०, आईतवार
चीनमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फिर्ता गर्न माग

माघ २७ गते । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले चीनमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फिर्ता गर्न माग गरेका छन् । नेता कोइरालाले हुपै प्रान्तमा रहेका १८१ नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् ।
सोमबार कोइरालाले समाजिक सञ्जालमार्फत संक्रमणको त्रासले हप्तौंदेखि कोठाभित्र निसास्सिएका आफ्ना नागरिकलाई तुरुन्त स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् । नेता कोइरालले कोरोना भाइरसबाट जोगिन संघर्षरत उनीहरुले घर फर्कन सरकार गुहारेको र परिवारको ब्याकूलताका समाचारले आफूलाई दुःखी बनाएको बताएका छन् । सभार रातो पाटिबाट

Subscribe
Login
0 Comments