१४ मंसिर २०८३, आईतवार

चीनमा ‘विद्रोह’ गरेको आरोपमा जेल परेका ताइवानी कार्यकर्ता पाँच वर्षपछि स्वदेश फर्किए

एसीपी संवाददाता

१८ बैशाख २०७९, आईतवार ००:२४ मा प्रकाशित


ताईवान् मा चिनियाँको दादागिरी

ताइपेई [ताइवान], अप्रिल 16 (एएनआई): एक मिडिया रिपोर्टका अनुसार चीनमा ूविद्रोहू को लागि पाँच वर्षको जेल सजाय भोगेका एकजना ताइवानी अधिकारकर्मी शुक्रबार ताइवान फर्किए र चीनमा मानव अधिकार उल्लङ्घनको बारेमा उनले गहिरो चिन्ता व्यक्त गरेका छन् ।

चीनले १,८५२ दिनभन्दा बढी समयसम्म अनुचित ढंगले थुनामा राखेपछि ली मिङ चेह आज अप्रिल १५, २०२२ को बिहान करिब १० बजे ताइवानको ताओयुवान अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगे,ू रेडियो फ्री एशियाले अधिकारवादी समूहहरूको गठबन्धनको बयानलाई उद्धृत गरेको छ। उक्त समाचारको शिर्षक नै ली को रिहाई भन्ने राखिएको छ ।

आफ्नी श्रीमतीसँग जारी गरिएको संयुक्त विज्ञप्तिमा लीले पाँच वर्ष जेलमा बिताएपछि आफूलाई संसार अपरिचित देखिन थालेको तर चीनमा आफूले भोगेको एक्लोपनभन्दा अहिलेको एक्लोपन पूर्णतया फरक रहेको बताए। ूअब म प्रेमले अँगालोमा छु, आतंकले घेरिएको छैन,ू मिडिया आउटलेटले उनलाई उद्धृत गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x