१५ जेष्ठ २०८१, मंगलवार

चीनले गरेको सिमाबन्द ले नेपाली जनता पिडामा

एसीपी संवाददाता

११ जेष्ठ २०८०, बिहीबार ०७:१८ मा प्रकाशित

चीन सँग सिमा जोडिएको ताप्लेजुङको ओलाङचुङगोला नाका खुलाउन सांसद उर्मिला थेबेले माग गरेकी छन् ।

आजको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै चीनसँग सरकारी तवरबाट कूटनीतिक छलफल गरि ओलाङचुङगोला नाका खुलाउन माग गरेकी हुन् ।

कोभिड–१९ को सङ्क्रमणपछि बन्द ताप्लेजुङको ओलाङचुङगोला स्थित नाका अझै खुल्न सकेको छैन ।

नाका नखुल्दा सिमावर्ती ओलाङचुङगोला लेले क्षेत्रका बासिन्दाका दैनिकी कष्टकर बनेको छ ।

ओलाङचुङगोला र याङमा गाउँ आसपासका ५ ६ हजार मानिसका लागि तिप्ला नाका जीवनको आधार बनेको छ ।

थेबेले भनिन्,’ त्यहाँको सांसदको नाताले ताप्लेजुङका हिमाली जिल्लाको चरम आर्थीक सङ्कट कम गर्न आग्रह गर्दछु । चीनसँग सरकारी तवरबाट कूटनीतिक छलफल गरि ओलाङचुङगोला नाका खुलाउन माग गर्दछु ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x