२९ माघ २०८२, बुधबार

जनकपुरमा ‘जिहादी आतंकवाद र मधेश-नेपालको सुरक्षा चुनौती’ विषयक बहस सुरु

एसीपी संवाददाता

२५ असार २०८२, बुधबार २३:३३ मा प्रकाशित

जनकपुरधाम, नेपाल: जनकपुरमा राष्ट्रिय एकता अभियानले ‘जिहादी आतंकवाद र मधेश-नेपालको सुरक्षा चुनौती’ विषयक एक विशेष बहस कार्यक्रम सुरु गरेको छ। आजबाट जनकपुरको एक सभा कक्षमा सुरु भएको यो कार्यक्रमको मुख्य उद्देश्य आतंकवादविरुद्ध जनचेतना फैलाउनु र नेपालमा बढ्दै गएको सुरक्षा जोखिमबारे गहिरो विमर्श गर्नु हो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले उद्घाटन मन्तव्य दिँदै भारत-नेपाल खुला सिमानाको दुरुपयोग गरी पाकिस्तान समर्थित जिहादी आतंककारी सञ्जालले मधेशलाई ट्रान्जिट क्षेत्र बनाउने प्रयास गरिरहेकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँले यसले नेपालको राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती थपेको बताउनुभयो।
कार्यक्रमका विशिष्ट अतिथि तथा संविधान सभा सदस्य भूपेन्द्र चौधरीले नेपालको राज्य संयन्त्र र सुरक्षा निकायहरूलाई अझ बढी सचेत र सक्रिय हुन आवश्यक रहेकोमा जोड दिनुभयो।
यस बहस कार्यक्रममा अभियानका केन्द्रीय सदस्यहरू जितेन्द्र दास, मनीष पुर्वे, दीपू झा, पंकज झा लगायतका साथै विभिन्न क्षेत्रका बुद्धिजीवी, सुरक्षा विश्लेषक र सामाजिक अगुवाहरूको उपस्थिति रहेको छ। वक्ताहरूले मधेशलाई अस्थिर बनाउने बाह्य षड्यन्त्रहरूको भण्डाफोर गर्दै राष्ट्रिय एकता र सुरक्षा सुदृढीकरणका लागि जनस्तरमा थप बहसको आवश्यकता औंल्याएका छन्।
यो कार्यक्रम भोलिसम्म चल्ने आयोजकले जानकारी दिएका छन्। कार्यक्रममा सहभागीहरूले जिहादी आतंकवादले मधेश र समग्र नेपालको सुरक्षामा पारेको प्रभावबारे गहन छलफल गर्ने अपेक्षा गरिएको छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x